साउन २६, काठमाडौं ।केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले नक्कली सर्टिफिकेट प्रकरणमा थप एक जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए।
उनको प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीलेअनुसन्धानको लागि गएराति पक्राउ गरेको बताइएको छ।उ शिल्पकार ललितपुर नगपालिका १८ हात्तिबन निवासी हुन्। उनलाई निवासबाटै पक्राउ गरिएको सीआईबीले बताउको छ।