जेठ १०, काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै प्रमुख दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गरिन् ।
कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने खाद्यान्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जाने बताइन् । कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाई थियो ।
प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाई र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई
सिँचाइ र बीउको प्रबन्ध मिलाएको बताइन् ।
भरतपुर महानगरपालिकाले लिएको नीति अनुरूप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यान्त्रिकीकरणलाई जोड प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालले बताइन् ।
बुधवार महानगरपालिका प्रमुख रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्रणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गरेकी छन् । भरतपुर २२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदम पोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरिन् । भरतपुरमा ९ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा हालसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...