Advertisement
Advertisement
Advertisement
Advertisement

आमाबुवा स्याहार्नेलाई अब पुरस्कार

  |      15:42:00   |  
web image
web image
साउन १, टीकापुर । बृद्ध सेवा समिति टीकापुरले आमाबुवाको राम्रो स्याहार तथा हेरचाह गर्ने दम्पतीलाई पुरस्कार दिने घोषणा गरेको छ । समितिले ज्येष्ठ नागरिकको हेरचाहमा सन्तानलाई जिम्मेवार बनाउन पुरस्कार व्यवस्था गर्न लागेको हो । 
 
समितिका अध्यक्ष मोहनबहादुर रावलले आमाबुवाको स्याहार तथा हेरचाह गर्ने सन्तानलाई सम्मान तथा पुरस्कारका लागि आफ्नो व्यक्तिगत रकमबाट रु पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । 
 
“आमाबुवाको राम्रो स्याहार गर्ने सन्तानलाई प्रेरणा दिन यस पुरस्कार स्थापना गरिएको हो । कोषको ब्याजबाट आउने रु ५० हजार पुरस्कार दिइनेछ”, उहाँले भन्नुभयो, “जेष्ठ  नागरिकको सम्मान, स्याहार भएन । सन्तान जिम्मेवार नबन्दा धेरैले दुःख पाएका छन् । आमाबुवाप्रतिको जिम्मेवारी बोध गराउन पुरस्कार दिने व्यवस्था गरेका हौँ ।”
 
वृद्ध सेवा समितिले यसबाहेक ज्येष्ठ नागरिकको हकहित तथा सेवामा समर्पित संस्था वा नागरिक र ज्येष्ठ नागरिकका हितमा कलम चलाउने पत्रकारलाई समेत वर्षेनी पुरस्कारको व्यवस्था गरेको खबर राससले प्रकाशित गरेको छ । समितिले रु १०/१० हजार पुरस्कारको व्यवस्था गरेको अध्यक्ष रावलले जानकारी दिनुभयो । “ज्येष्ठ नागरिकप्रति समाजलाई जिम्मेवार बनाउन ज्येष्ठ नागरिकसम्बन्धी समाचार लेख्ने एक जना पत्रकारलाई पनि पुरस्कार दिने भएका छौँ”, उहाँ भन्नुहुन्छ, “हाम्रो एउटै उद्देश्य ज्येष्ठ नागरिकको हेरचाह होस् भन्ने हो ।” 
 
समाजसेवी कण्ठराज गिरी वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकको हकहितका क्षेत्रमा गरेका कार्य सराहनीय रहेको बताउनुभयो । “हामीले समस्यामा रहेका ज्येष्ठ नागरिकलाई स्याहार्ने वातावरण बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “हामी काम गर्नसक्ने ज्येष्ठ नागरिकलाई आयआर्जनमा लगाउने नयाँ कामको थालनी गर्ने योजनामा छौँ, त्यसका लागि स्थानीय सरकारसँग पहल भइरहेको छ ।”
 
टीकापुर नगरपालिका– १ का वडाध्यक्ष गङ्गाराम आचार्यले नगरपालिकाले ज्येष्ठ नागरिकका क्षेत्रमा हुने कार्यक्रममा वडाले सहकार्य गरिरहेको जानकारी दिनुभयो । “वृद्ध सेवा समितिसँगको सहकार्यमा हामीले वर्षेनी सयौं ज्येष्ठ नागरिकलाई सम्मान गर्ने गरेका छौँ ”,उहाँले भन्नुभयो,  “समितिले योजना ल्याएमा नगरपालिका कार्यक्रम दिन तयार छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement