मंसिर १५,काठमाडौं । आफ्नो प्रेमी र प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस् भन्ने चाहना सबैको हुन्छ । कहिलेकाहीँ आफ्नो पार्टनरले अरु कसैलाई आँखा लगाएको सुइँको पाउँदा जो कोही आक्रोसमा आउनु स्वभाविकै हो । तर यस्तो आक्रोसले कुनैबेला हद पार गर्दो रहेछ । अमेरिकामा हालै एउटा यस्तै घटना भएको छ ।
आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् ।
आफ्नो ब्वायफ्रेण्डले अरु महिलालाई हेरेको भन्दै एकजना महिलाले ब्वायफ्रेण्डको आँखामा रेबिजमा लगाउने सुईले आक्रमण गरेकी छिन् ।
अमेरिकाको फ्लोरिडास्थित मायामीमा गत नोभेम्बर २५ मा यो घटना भएको हो । समाचार अनुसार ४४ वर्षकी सान्ड्रा जिमेनेजर उनका पार्टनरबीच घरमा प्रायः झगडा परिरहन्थ्यो । आफ्नो पार्टनरले अरु महिलामाथि आँखा लगाएको कुराले उनमा आह्रिस उत्पन्न भएको थियो । अन्ततः नोभेम्बर २५, शनिवारको रातमा झगडाले उग्र रुप लियो र भौतिक आक्रमणसम्म पुग्यो ।
आफ्नो पार्टनर सोफामा पल्टिरहेको मौकामा जिमेनेजले कुकुरलाई रेबिजको खोप लगाउन भनेर ल्याएका दुईवटा सुईले उनको दाहिने आँखामा प्रहार गरिन् ।
रिसको झोँकमा ब्वायफ्रेण्डको आँखामा रेबिजको सुईले आक्रमण गर्दा आँखामा गम्भीर चोट लाग्यो र उनलाई आकस्मिक उपचारका लागि तत्कालै अस्पताल लगियो । ती महिला तत्कालै घटनास्थलबाट फरार भइन् ।
प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई आफ्नै घर बाहिर पार्किङ गरिराखेको कारभित्र सुतिरहेको अवस्थामा फेला पार्यो र पक्राउ गर्यो ।
उनी विरुद्ध चलेको मुद्दामा अदालतले उनलाई मायामी डेड काउन्टी जेलमा पठाउने आदेश गरेको थियो । तर हाल उनी साडे ७ हजार धरौटी तिरेर घरमै नजरबन्दमा बसेकी छिन् ।
साभार अनलाइनखबर
माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा...
मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको...
मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी...
मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी...
मंसिर २१, काठमाडौं । १०० शक्तिशाली महिलाको सूचीमा सीतारमणलाई भारतीय अर्थमन्त्री निर्मला...
मंसिर २१, काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक...
मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ...
मंसिर १३,काठमाडौं । संसारभरिका ट्रक चालकहरूमध्ये तीन प्रतिशतभन्दा कम मात्र महिला छन्। यद्यपि...