साउन २५, काठमाडौं । 'समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्वमा वृद्धिमा योगदान' भन्ने नराका साथ यस वर्षको सामुदायिक वन दिवस बृक्षारोपण गरेर मनाइँएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव विस्वनाथ ओलीको प्रमुख आतिथ्यमा आज गोकर्णेश्वर नगरपालीकास्थित जगडोल समुदायिक वनमा २५ वटा रुद्राक्ष्यका बिरुवा रोपेर मनाइएको छ । उक्त कार्यक्रममा सामुदायिक वनमा महिलाहरुको सहभागिता र कार्यशैली अव्वल भएको औल्याउँदै आगामी दिनमा यस्लाई निरन्तरता दिन फोकोफनकी अध्यक्षले जोड दिएकी छिन् । यस्तै विरुवा रोप्ने मात्र हैन संरक्षण गर्ने कुरामा पनि पाठकले सुझाव दिएकी छिन् । उनले सरकारलाई काठमाडौं सहर नजिकका सामुदायिक वन टुक्राउँदै निजि क्षेत्रलाई दिएका कारण सामुदायिक वनको स्वरुप बिग्रिन सक्ने भन्दै बेलैमा यस्ता सचेत हुन आग्रह गरेकी छिन्।
कोभिड - १९ को महामारीलाई ध्यानमा राख्दै कार्यक्रममा वन तथा भूसंरक्षण विभागको महानिर्देशक मन बहादुर खड्का, वन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धु ढुंगाना, वनस्पती विभाग, काठमाडौं डिभिजन कार्यलयका पदाधिकारी, काठमाडौं महानगरपालीका मेयर तथा उपमेयर, सामुदायिक वन उपभोक्ताहरु सामाजिक दुरि कायम गर्दै कम संख्यामा उपस्थिती भएका थिए ।
नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छन् । हाल करीब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । देशभरका २२ हजार २६६ सामुदायिक वनमध्ये एक हजार १०० भन्दा बढीमा त शत्प्रतिशत महिला सहभागिता छ ।
हाल देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन्, जसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएको फेकोफनले जनाएको छ । स्थापनाकालदेखि सामुदायिक वन अभियान नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजका रुपमा स्थापित भएको मानिन्छ । यस अभियानले वन संरक्षण, सम्वद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण स्थान ओगटेको छ ।