कात्तिक ७, काठमाडौं । त्रिवि शिक्षण अस्पतालकी सहप्राध्यापक एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले विश्वकै चर्चित पुरस्कार ग्लोबल अप्थाल्मोलोजी अवार्ड पाउन सफल भएकी छिन् । नेपालमा सेतो पुतलीबाट मानिसको आँखामा पर्ने असरबारे गरेको अध्ययन अनुसन्धानबाट उनले उक्त विशिष्ट अवार्ड पाएकी हुन् ।
यो अवार्ड पाउने डा. रञ्जु पहिलो नेपाली चिकित्सक हुन् । उनले सेतो पुतलीले कसरी असर पुर्याउँछ भन्ने लगायतको विशेष अध्ययन गरेकी थिइन्।
धेरै निवेदन परेकामा सबैलाई पछार्दै सन् २०१९ मा डा. रञ्जुको टिमले अनुसन्धान परियोजना पाउन सफल भएको थियो । अनुसन्धानका लागि झण्डै ३७ हजार अमेरिकी डलरको राशि दिइएको थियो । अनुसन्धान परियोजना बुझाएसँगै डा. रञ्जु यो ठूलो अवार्ड पाउन सफल भएकी हुन् ।