असार १३, काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन् ।
मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको बताइन् ।
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताइन् । उनले सरकारले अनुसन्धान कुन तहसम्म पु¥याउने भन्दा पनि अनुसन्धानले जहाँ पु¥याउँछ त्यहाँसम्म पुग्ने बताइन् ।