Advertisement
Advertisement
Advertisement
Advertisement

अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिएण्डबी अस्पतालमा आफन्तले गरे घेराउ

  |      14:18:00   |  
web image
web image

जेठ २६,काठमाडौं ।उपचारमा लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ललितपुरको बिएण्डबी अस्पताल घेराउ गरेका छन् । बुधबार धादिङमा दुर्घटनामा परेका स्थानीय गोविन्द ढुङ्गानाको उपचारमा अस्पतालले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा सामान्य घाइते देखिएका नीलकण्ठ ५ धादिङका गोविन्द ढुङ्गाना तथा उनकी श्रीमतीको उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पताल ल्याइएको थियो ।

बुधबार अपरान्ह दुर्घटना भएपछि धादिङमै प्राथमिक उपचार गरी काठमाडौं पठाइएका ढुङ्गानाको बिहीबार बिहान ५ बजे बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो ।

मृतकका आफन्त नवराज ढुङ्गानाका अनुसार बुधबार धादिङको बेनीघाट रोराङ गाउँपालिका ५, चारघारेस्थित पृथ्वी राजमार्गमा धादिङको नीलकण्ठ नगरपालिका–५ का ढुङ्गाना सवार बागमती प्रदेश ०२–०१६प२१३९ नम्बरको स्कुटरलाई बाटो काट्दै गर्दा ना १६ प २६२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करपछि स्कुटरमा सवार ढुङ्गाना र उनकी पत्नी घाइते भएका थिए ।

घाइतेको थप उपचारका लागि बिएण्डी अस्पताल पुराइएकामा श्रीमतीको बाहिरी चोटमात्रै देखिएको कारण बुधबार राती नै टाँका लगाएर डिस्चार्ज गरिएको थियो ।

गोविन्दको कुममा भने चोट देखिएको कारण सामान्य अप्रेसन गर्नुपर्ने भनिए पनि सिटी स्क्यान भने गरिएको थिएन । हिँडडुल र गर्न र बोलचाल गर्न सक्ने भएपनि सामान्य घाइते भन्दै अस्पतालले उपचारमा चासो दिएको थिएन ।  तर बिहीबार बिहान ५ः१० बजे ढुङ्गानको मृत्यु भएको थियो ।

अस्पतालले गोविन्दको मृत्युको कारण हृदयघात भनी रिपोर्ट दिएको थियो । तर बिरामीका आफन्तलाई चित्त नबुझेर उनीहरुले पाटन अस्पतालमा लगी पोष्टमार्टम गराएका थिए । पोष्टमार्टम रिपोर्टमा भने सर्भाइकल इञ्जरी र आन्तरिक रक्तश्राव मृत्युको कारण रहेको रिपोर्ट दिएको थियो ।

आरटिए अर्थात् सडक दुर्घटनाका बिरामी उपचारका लागि आउँदा सिटी स्क्यान अनिवार्य शर्त हो ।

तर बिएण्डबी अस्पतालले बिरामीको सिटी स्क्यान नगरेको कारण आन्तरिक रक्तश्रावबारे अस्पताल र बिरामीलाई जानकारी हुन नसकेको हो। बिरामीलाई भएको समस्याबारे समयमै जानकारी हुन नसक्दा आन्तरिक रक्तश्रावका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

मृतकका परिवारले अस्पतालको लापवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् ।

अस्पतालले छलफलका लागि बिहान ९ बजेको समय दिएपनि बिहान ९ः३० बजेसम्म छलफल हुन सकेको छैन । बिरामीका आफन्तले पाटन अस्पतालबाट अस्पताल परिसरमै शव ल्याई आन्दोलन गर्ने तयारी गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement