मंसिर ८, काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो 'द भ्वाइस'को टप टेनमा प्रवेश गरेकी छिन्।
उनी टप टेनमा छनोट भएको घोषणा क्यालिफोर्नियास्थित 'द भ्वाइस'को सेटबाट बुधबार अमेरिकी समयअनुसार साँझ गरिएको थियो। उनले टप टेनभित्र पुग्नका लागि मंगलबार साँझ आफ्नो प्रस्तुति दिएकी थिइन्।
परिजिताले हलिउडमा नेपाललाई चिनाउने लक्ष्य लिएकी छिन्। १७ बर्षिया परिजिताले गाउने अंग्रेजी गीतहरुमा आफ्नो पन दिने गरेको भन्दै जजहरुले उनको प्रशंसा गरेका छन्।
परिजितालाई भोट गर्नका लागि अमेरिका र संसारभरका नेपालीहरु र तिनका संघसंस्थाहरुले अभियान नै चलाउँदै आएका छन्।