कात्तिक ३, काठमाडौ। अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ ।
उनले सामाजिक सञ्जालबाट यसको जानकारी दिएकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् ।
चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
अनलाइनखबरमा समाचार प्रकाशित भएपछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्दै भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उल्लेख गरेकी छन् ।