Advertisement
Advertisement
Advertisement
Advertisement

अपाङ्गता भएका महिलालाई घरमै नागरिकता

  |      12:21:00   |  
अपाङ्गता भएका महिलालाई घरमै नागरिकता

साउन ३०, अर्घाखाँची । बर्खामासको समय, झमझम परिरहेको झरी । पहिरोको जोखिम, ठाउँठाउँमा अवरुद्ध बाटो छिचोल्दै पाल्पाको सिमाना नजिक पुग्न निकै कष्टकर र जोखिम छ । कोरोनाको त्रासले मानिस त्रसिद छन् । जोखिम मोलेर बाहिर फेर हिँड्न पनि उत्तिकै जोखिम छ ।

कार्यालयमा जाँदा कर्मचारी तर्सिने गर्छन्, कोरोनासँगै बाढी पहिरोका कारण धेरैलाई यात्रा गर्न कठिन छ । यस्तो जोखिमको बाबजुत यहाँका अपाङ्गता भएका महिलाले घरमै नागरिकता पाएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले गाउँमै पुगेर नागरिकता वितरण गर्नुभएको हो । 

पाणिनी गाउँपालिका–४ पटौटीमा पुगेर दुई जना फरक क्षमता भएकालाई परिचयपत्र प्रदान गर्नुभएको हो । पटौटीका २७ वर्षीय बालकुमारी रास्कोटी र १९ वर्षीय शिवा घर्तीलाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताउनुभयो । सदरमुकाम सन्धिखर्कबाट उक्त स्थानमा जान गाडीमै पनि झण्डै चार घण्टा लाग्दछ । अविरल वर्षाले पहिरो गएर बाटो अवरुद्ध भएपछि कतै गाडी कतै मोटरसाइकल र कतै पैदल यात्रासमेत गरेर प्रजिअ पौडेलले घरमै पुगेर दुई जना अपाङ्गता भएका महिलालाई नागरिकता प्रदान गर्नुभएको हो । 

घरमै परिचयपत्र पाएपछि रास्कोटी र घर्तीसँगै परिवार खुशी भएका छन् । यसरी बिना झन्झट घरमै परिचयपत्र पाउँदा निकै खुशी लागेको उहाँहरुले बताउनुभयो । यस्तो परिस्थितिमा पनि घरमै आएर नागरिकता दिएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रजिअलाई धन्यवाद दिनुभयो । नागरिकता पाउने अन्य सात जनाको घरमै पुगेर अभिभावकको सनाखतसमेत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले पाणिनी गाउँपालिकामा कोरोनाका कारण सर्वसाधारणले खेप्नुपरेको सास्ती, कोरोना जोखिमबाट बच्न उनीहरुले अपनाएको सावधानीबारेमा जानकारी लिनुभयो । मास्क नभएका परिवारलाई मास्क वितरण गर्नुका साथै लगाउने तरिकाका बारेमा पनी उहाँले सिकाउनुभयो । 

सेवाग्राहीमैत्री सेवा र उत्कृष्ट कार्यसम्पादनले यो वर्ष अर्घाखाँची ७७ जिल्लामध्ये अतिउत्कृष्ट ९ए प्लस० को सूचीमा परेको छ । गृह मन्त्रालयबाट केही दिनअघि सार्वजनिक भएको मूल्याङ्कनमा देशका तीन वटा जिल्ला अति उत्कृष्टको सूचीमा परेका थिए । कोरोना महामारी नियन्त्रण, आइसोलेसन कक्षको निर्माण, क्वारेन्टिनको व्यवस्थापनमा जिल्ला प्रशासनले खेलेको भूमिका राम्रो रहेको स्थानीयवासी बताउँछन् । - रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement