वैशाख १० काठमाडौं । एक पुरूष जमिनमा लडिरहेका छन्। एक महिला उनकै छेउमा शान्त बसेकी छन्। साथमा रहेको झोला पनि जमिनमै ढलिरहेको छ। केही पर अर्का एक जना पनि त्यसरी नै ढलेको देखिन्छ।
मंगलबार जम्मू-कश्मिरमा आतंकवादी हमला भएपछि दुस्ख व्यक्त गर्दै धेरैले यो तस्बिर शेयर गरेका छन्।
त्यसरी जमिनमा ढलेका पुरूष भारतीय नौसेनामा कार्यरत लेफ्टिनेन्ट विनय नरवाल हुन्। छेउमा बसेकी महिला उनकी श्रीमती हिमान्सी हुन्।
एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा विनय मारिएपछि हिमान्शी अर्धबेहोस् भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रून त परै जाओस् बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चारध्यमहरूले लेखेका छन्।
विनय हरियाणा राज्यको कर्नाल जिल्लाका हुन्। दुई वर्षअघि बिटेक अध्ययन पूरा भएपछि उनी नौसेनामा भर्ती भएका थिए। हाल उनको दरबन्दी कोचीमा थियो।
हिमान्सी गुरुग्रामकी हुन्। उनी हाल पीएचडी गरिरहेकी छिन्। उनका बुवा जीएसटीमा सुपरिन्टेन्डेन्ट छन् भने हजुरबुवा अवकाशप्राप्त प्रहरी हुन्।
एक साता-अघि मात्रै यी दुईको बिहे भएको थियो। १६ अप्रिलमा बिहे र १९ अप्रिलमा बिहेभोज (रिसेप्सन) पछि उनीहरू हनिमुनका लागि सोमबार कश्मिर गएका थिए।
हजुरबुबा हवासिंह नरवालका अनुसार विनयले हनिमुनका लागि स्वीट्जरल्याण्ड जाने योजना बनाएका थिए।