Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय

  |      15:19:00   |  
प्रेमिकालाई घुम्न जान रोक्न बमको हल्ला, १९ वर्षीय प्रेमीलाई जेल सजाय

वैशाख ६ काठमाडौं । प्रेमका लागि कहिलेकाहीँ नसोचेको कुराहरू पनि गर्नुपर्छ । तर, अमेरिकामा एक किशोर भने त्यसैका लागि जेलसम्म जानुपरेको छ ।यो घटना मिसिगन राज्य हो । ती किशोरले आफ्नी प्रेमिका क्रुज जहाजमा भ्रमणमा नजाओस् भनेर बमको हल्ला फैलाएका थिए । त्यसैका लागि उनलाई ८ महिनाको जेल सजाय सुनाइएको छ ।


सन् २०२४ को जनवरीमा कार्निभल सनराइज क्रुज जहाज फ्लोरिडा मियामीको बन्दरगाहबाट जमैकाका लागि यात्रामा निस्किएको थियो । तर केही समयपछि नै कम्पनीले एउटा इमेल प्राप्त गर्‍यो, जसमा लेखिएको थियो– ‘मलाई लाग्छ तिमीहरूको सनराइज क्रुज जहाजमा कसैसँग बम रहेको छ ।’

मात्र एक लाइनको यो सन्देशले अमेरिकी र जमैकाको कोस्ट गार्डले महँगो सुरक्षा अपरेसन चलाउनुपरेको थियो । उनीहरूले सनराइज जहाजमा रहेका १ हजार कोठालाई विस्तृत रूपमा जाँच गर्नुपरेको थियो । तर, लामो खोजीपछि पनि बम फेला भने परेन । कयौँ घण्टाको ढिलाइपछि जहाजलाई अन्ततः आफ्नो नियमित यात्रामा जान दिइएको थियो । तर, कथा यतिमा मात्र टुंगिदैन ।

अधिकारीहरू सो इमेल पठाउने १९ वर्षीय किशोरसम्म पुग्छन् । सोधपुछका क्रममा उनले अधिकारीहरूसमक्ष आफूले आफ्नो प्रेमिका र उनको परिवारलाई आफूबिना भ्रमणमा जानबाट रोक्न यस्तो हल्ला फैलाएको स्वीकार गर्छन् ।

जोसुवा ड्यारल लोवीले एफबीआईका अधिकारीहरूलाई आफू दुखी भएकाले यस्तो हर्कत गरेको बताएका थिए । उनकी प्रेमिका र परिवारले क्रुज यात्राको टिकट किनेको तर आफूलाई भने घरमा रहेका जनावरहरूको ख्याल राख भनेर एक्लै छाडेको उनको गुनासो थियो । 

उनलाई यो कुरा मनपरेन । उनलाई सो यात्रा रोक्ने एउटा मात्र उपाय बमको हल्ला फैलाउनुपर्छ भन्ने लाग्यो । ‘बमको हल्ला कुनै मजाकको कुरा होइन । यो गैरजिम्मेवार हो,’ एफबीआई मिसिगनका स्पेसल एजेन्ट प्रमुख चेभोरेया गिब्सन भन्छन्, ‘हामी यस विषयलाई गम्भीरतापूर्वक लिन्छौँ र यस्तो हर्कत गर्नेलाई कारबाही गर्छौँ ।’

१९ वर्षीय किशोरले आफ्नो हर्कतका लागि ५ वर्षसम्म जेल सजाय भोग्न सक्थे । तर, अमेरिकी जिल्ला न्यायाधीश पल मालोनेले उनलाई ८ महिनाको मात्र सजाय सुनाए । एमलाइभका अनुसार ती किशोरले न्यायाधीशलाई आफ्नो गल्तीको सम्पूर्ण जिम्मेवारी दिँदै माफी मागेर पत्र लेखेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement