८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ । कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो ।
कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए ।
यसअघि कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
कप्तान रुबिनाले सर्वाधिक ५७ रन बनाइन् । उनले ६४ बल खेल्दै ९ चौका प्रहार गरेकी हुन् । ओपनर काजल श्रेष्ठ पुजा महतोको बलमा डकआउट हुँदा रुबिना र अप्सरी बेगमले १०२ रनको शतकीय साझेदारी गरेका हुन् । सबनम राई ८ बलमा २ चौका सहित १६ र नमिता श्रेष्ठ २ रनमा अविजित रहे ।
अप्सरी ४१ बलमा ७ चौका सहित ३९ रनमा सरस्वती कुमारी चौधरीको बलमा साक्षी यादवबाट क्याच आउट भइन् ।
मधेश प्रदेशका लागि मिना महतोले सर्वाधिक २ विकेट लिइन् र पुजा महतो र सरस्वती कुमारी चौधरीले समान १–१ विकेट लिए ।
कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेट र बागमतीलाई ८ विकेटले पराजित गरेको थियो । मधेशको यो लगातार तेस्रो हार हो । यसअघि मधेश एपीएफ र बागमतीसँग पराजित भएको थियो ।साभार अनलाइनखबर
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...
फागुन ८, काठमाडौं । शालीमार बागबाट भाजपा विधायक रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री...