Advertisement
Advertisement
Advertisement
Advertisement

लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरको नाम परिवर्तन हुने, नेतृत्वमा आइन् मेघा चौधरी

  |      10:38:00   |  
लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरको नाम परिवर्तन हुने, नेतृत्वमा आइन् मेघा चौधरी

भदौं १, काठमाडौं । विगत ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ। 

बुधबार काठमाण्डौको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार बसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। 

आगामी चारवर्षे कार्यकालका लागि चुनिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ रंगकर्मी हरिहर शर्मा, महासचिवमा गीतकार तथा पत्रकार रमण घिमिरे र कोषाध्यक्षमा मनिषकुमार खेम्का निर्वाचित भएका छन्। 

यस्तै, कार्यसमिति सदस्यहरुमा डा। उषा ठाकुर, नारायणभक्त श्रेष्ठ९रायन०, राजेन्द्र सलभ निर्वाचित भएका छन्। निर्वाचित नयाँ कार्यसमितिले बिहीबार नै पदभार ग्रहण गरेको छ। 

नेपालको अग्रणी र सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान चौधरी ग्रुपका प्रणेता लुनकरणदास चौधरी र उनकी पत्नी गंगादेवी चौधरीको नाममा २०५१ सालमा स्थापित भएको साहित्यकला मन्दिरको संरक्षकमा कवि तथा गीतकार बसन्त चौधरी रहेका छन्। यसअघि लामो समयसम्म यो मन्दिरको कार्यसमिति अध्यक्षको रुपमा चौधरीले काम गरेका थिए। उनले आफ्ना मातापिताको नाममा स्थापित यो संस्थाको जिम्मेवारी उनकै एकमात्र पुत्री मेघा चौधरीले पाएकी हुन्। 

बुधबार सम्पन्न साधारणसभाको उद्घाटनसत्रमा बोल्दै वरिष्ठ कवि बसन्त चौधरीले आफूले ३५ वर्षको हुँदा साहित्यकला मन्दिरको जिम्मेवारी बहन गरेको स्मरण गर्दै आफ्नी पुत्री मेघालाई सो जिम्मेवारी सुम्पिन पाएकोमा प्रसन्नता प्रकट गरे। ‘मेरी छोरीमा मभन्दा पनि राम्रो नेतृत्व क्षमता छ।’ उनले भने–‘बासना फैलाउने गुलाबको सुन्दर फूल झै मेरी छोरीले पनि आफ्नो क्षमताले यो संस्थालाई समेत नयाँ उचाइ दिनेछिन् भन्ने विश्वास छ। आगामी दिनमा अझ बढी सेवाको कार्य हुनेछ।’

उनले ३० वर्षको अवधिमा साहित्यकला मन्दिरले १० दर्जन मूर्धन्य स्रष्टालाई सम्मान गरेको स्मरण गर्दै नेपालमा साहित्यकलाको क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गरेको योजस्तो अर्को कुनै संस्था नरहेको समेत बताए। 

सो अवसरमा उनले साहित्य, संगीत, कला, पत्रकारिता, स्वास्थ्य, समाजसेवा लगायतका क्षेत्रमा संस्थाको कार्यक्षेत्र बिस्तार हुने र यही वर्ष नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कारसमेत स्थापना गरिने घोषणा गरे। 

कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नेपाली साहित्यकला र संगीतको उन्नयन तथा विश्वस्तरमा नेपाली कलासाहित्य र भाषाको प्रवर्द्धनका लागि साहित्यकला मन्दिरले विशिष्ट योगदान पुर्याएको बताए। 

साधारणसभामा साहित्यकला मन्दिरको नाम परिवर्तन गरी वृहत उद्देश्यसहित अगाडि बढ्ने अजेन्डा पारित भएको छ। यसका लागि विधान संसोधनको प्रस्ताव समेत पारित भएको नवनिर्वाचित अध्यक्ष मेघा चौधरीले जानकारी दिइन्। 

साधारणसभाबाट रमण घिमिरेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित भएको थियो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement