Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाविरुद्धको बुस्टर डोज खोपको अभावमा विदेश जानेलाई सास्ती

  |      13:54:00   |  
web image
web image

जेठ १२, काठमाडौं । नवलपरासीका विनोद थापा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको खोप केन्द्रमा निराश अवस्थामा भेटिए ।  कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको जोन्सोन एण्ड जोन्सोन खोपको बुस्टर डोज काठमाडौंमा पाइन्छ भन्ने सुनेर उनी नवलपरासीदेखि आएका थिए । सोही क्रममा टेकुको खोप केन्द्रमा पुगेका उनी हताश स्वरमा एप्रोन लगाएर प्राङ्गणमा हिँड्ने स्वास्थ्यकर्मीलाई पटक–पटक खोपबारे सोधिखोजी गरिरहेका थिए ।

तर, न उनले खोप लगाउन पाए न त चित्तबुझ्दो जवाफ नै पाउन सके । विदेश जाने तयारीमा रहेका २२ वर्षिय थापाले रातोपाटीसँग भने, ‘शुक्रवार मेडिकल गराउन काठमाडौँ आएको हो । अस्पतालले बुस्टर डोज खोप नलगाएसम्म मेडिकल नगरिदिने रहेछ । म्यानपावर कम्पनीले मेडिकल गरेको २२र२३ दिनमा विदेश पठाउन भनेको छ । खोप नलगाएसम्म विदेश जाने प्रक्रिया रोकिने भयो ।’

काठमाडौँको काँडाघारीका प्रताव घिमिरे पनि दुई नातिनीका लागि नजिकैको स्वास्थ्य केन्द्रमा बुस्टर डोज नपाएपछि टेकु अस्पताल बुझ्न पुगेका थिए । ११ र ७ वर्षिया नातिनीहरू विदेशमा रहेका छोरा बुहारीकोमा पठाउने तयारी गरेकाले उनी टेकुसम्म पुगेका थिए । टेकु अस्पतालमा खोप नपाएपछि उनी कहाँ खोप पाइन्छ भन्दै फोनमार्फत बुझिरहेका थिए ।

थापा र घिमिरे प्रतिनिधि पात्र मात्रै हुन् । प्रत्येक दिन सरुवा रोग अस्पतालमा बुस्टर डोज खोज्दै पुग्नेहरू खोपको अभावले त्यत्तिकै फिर्ता हुन बाध्य भएका छन् । विदेश जाने प्रक्रियामा रहेका र खोज खोज्दै टाढा टाढाबाट आउनेहरू बुस्टर डोज खोप नपाएर फर्किने क्रम बढिरहेको स्वास्थ्यकर्मीहरू सुनाउँछन् ।

सरुवा रोग अस्पतालका सूचना अधिकारी भक्तबहादुर खड्काले विदेश जाने तयारी गरेकासहितका करिब १०० जना त्यत्तिकै फर्किने अवस्था बनेको बताए । कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएर लामो समयसम्म बुस्टर डोज नलगाई बसेका र विदेश जाने प्रक्रियामा रहेकाहरू सरुवा रोग अस्पतालमा खोप पाइने विश्वासका साथ पुग्ने गरेका छन् ।

हाल सरुवा रोग अस्पतालमा भेरोसेल खोपको बुस्टर डोजका साथै पहिलो र दोस्रो मात्रा दैनिक २०० जनाले मात्र लगाउने गरेको सूचना अधिकारी खड्काले बताए ।

उता त्रिवि शिक्षण अस्पतालमा रहेको कोरोनाविरुद्धको खोप केन्द्र बन्द भएको महिना दिन बितिसकेको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । वीर अस्पतालमा पनि कोरोना खोप केन्द्र सञ्चालन छ । तर, त्यहाँ पनि भेरोसेल खोपको मात्रै बुस्टर डोजका साथै पहिलो र दोस्रो मात्रा दैनिक दिने गरिएको छ ।

अधिकारीहरूका अनुसार खोप लगाउने १८ वर्षमाथिको उमेर समूहलाई दिइने बुस्टर खोपको मात्रा भण्डारण केन्द्रमा छैन । स्वास्थ्य संस्थाहरूले खोप माग गरे पनि स्वास्थ्य विभागले उपलब्ध गराउन नसकेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।

कति छ खोपको मौज्दात
नेपाल सरकारसँग भेरोसेल खोपबाहेक फाइजर खोप ९०० मात्रा मात्रै छ । त्यो पनि मधेस प्रदेशमा स्टक रहेको हो । केन्द्रीय भण्डारणसहित सातै प्रदेशका भण्डारण केन्द्रमा भेरोसेल खोप मात्रै उपलब्ध गराएको केन्द्र सरकारले यसअघि लगाइएका खोपहरू भने उपलब्ध गराउन नसकेको हो । जसको नतिजास्वरुप हाल बुस्टर डोज खोप लगाउन समस्या भइरहेको छ ।

हाल ४३ लाख ६२ हजार ४४२ मात्रा भेरोेसेल खोप देशका १० वटा खोप भण्डारण केन्द्रमा स्टक रहेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले बताए ।

  बुस्टर डोजबारे मलमल
टेकु अस्पतालको खोप केन्द्रमा पहिलो मात्रा जोन्सन मण्ड जोन्सन खोप लगाएर एक वर्षअघि विदेश गएका बाराका महेश साह(नाम परिवर्तन) त्यसको तीन महिनापछि स्वदेश फर्किए । पुनः विदेश जाने प्रक्रिया रहेका उनले बुस्टर डोज जोन्सनको सट्टामा भेरोसेल खोप लगाइदिन आग्रह गरिरहेका थिए । तर, कुन खोप लगाएकाहरूले बुस्टर डोज कुन लगाउने जानकारी कमैमा छ ।

कोभिशिल्ड, अष्ट्राजेनिका, फाइजर, जोन्सन मण्ड जोन्सन र मोडर्नाको पूर्ण मात्रा लगाएकाले हाल नेपालमा उपलब्ध भेरोसेल खोप बुस्टर डोजका रूपमा लगाउन नमिल्ने प्रमुख डा. चौरसियाले बताए । विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रिय खोप सल्लाहकार समितिले सिनोफार्मको खोप भेरोसेललाई बुस्टर डोजको रूपमा लगाउन अनुमति नदिएकाले  प्रयोगमा ल्याउन नसकिएको डा चौरसियाले बताए ।

जस्तै पहिला कोभिशिल्ड वा भेरोसेल खोप लगाएका व्यक्तिले  बुस्टर डोजका रूपमा अष्ट्राजेनिका, फाइजर खोप पनि लगाउन मिल्छ ।  केही अध्ययनहरूले मिक्समाक्स खोप लगाएमा अझै प्रभावकारी हुने देखाएको छ । कोभिसिल्ड, जोन्सन मण्ड जोन्सन र अस्ट्राजेनिका खोप लगाएकाले फाइजररमोडर्ना लगाउन मिल्छ । खोप लगाएको ६ महिनापछि बुस्टर डोज लगाउन मिल्छ ।  

मन्त्रालयका अनुसार हालसम्म बुस्टर डोज खोप ७९ लाख ६२ हजार ७९१ मात्रा  लगाइएको छ । पूर्णमा मात्रा खोपको लक्षित जनसङ्ख्या २ करोड ३३ लाख २७ हजार ६१९ जना रहेको छ । जसमा ९५ प्रतिशतले खोप लगाएका छन् भने एक मात्रा खोप ९९.५ प्रतिशतले लगाइसकेका छन् ।

बुस्टर डोज खोप कहिले आउँछ ?
हाल खोपको अभाव रहेको अवस्थामा अब खोप कहिले आउला भन्ने चासो व्यप्त छ । प्रमुख डा. चौरसियाका अनुसार चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चित गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख ८८३ मात्रा १३ फेब्रुअरी अर्थात् फागुन १ गतेबाट आउन सुरु हुन्छ । त्यसपछि  थप १५ लाख खोप पनि आउने सुनिश्चित भएको छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेकलालले चौथो लहरपछि खोप लगाउने दर ह्वात्तै कम हुँदा केही खोप खेर जान पुग्यो । जसका कारण आलेचित समेत हुनुपरेको उनको भनाइ छ ।
सोही समयमा सरकारले कोभ्याक्स सुविधाअन्तर्गत ९० लाख डोज खोप ल्याउने सुनिश्चित गरेको थियो । जसमा ३० लाख मात्रा खोप प्राप्त गरिएको उनले सुनाए । नेपालमा खोप नलगाएर म्याद गुज्रिने अनि सुनिश्चित गरिएको खोपको पनि म्याद कम भएकाले त्यस बेला खोप नल्याएको उनले बताए ।

स्टकमा भेरोसेल खोप छ कहाँ कति ? 
टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रसँगै सातै प्रदेशका खोप भण्डारण केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपमात्रै स्टकमा छ । देशभरका १० वटा खोप भण्डारण केन्द्रमा ४३ लाख ६२ हजार ४४२ मात्रा खोप स्टकमा रहेको आपूर्ति शाखाको जनाएको छ । त्यसबाहेक मधेस प्रदेशमा फाइजर खोप ९०० मात्रा स्टक छ ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement