Advertisement
Advertisement
Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ

  |      14:46:00   |  
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पार्ने मालिक पक्राउ

वैशाख १७,काठमाडौं । दक्षिण कोरियाको मोक्पो शहर नजिक यङआम भन्ने स्थानमा रहेको एउटा बंगुर फर्ममा कार्यरत नेपाली मजदुर, म्याग्दीका तुल्सी पुनलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा सोही फर्मका कोरियन मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ।  अप्रिल २८ मा पक्राउ परेका उनी अहिले हिरासतमा छन् । 
फर्मका मालिकमाथि आत्महत्या दुरुत्साहन, कुटपिट, श्रम अधिकार हनन, तलब नदिई जबरजस्ती काम लगाउने जस्ता अभियोगहरू लगाइएका छन्। प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले आफ्नो फेसबुकमार्फत् पक्राउ परेका मालिक अदालतको फैसला नआउँदासम्म हिरासतमा रहने बताए । त्यसपछि फैसला अनुसार सजाय तोकिनेछ।

अनुसन्धानका क्रममा, उक्त मालिकले ९ जना प्रवासी मजदुरहरूलाई कुटपिट गरेको, तलब नदिई काममा लगाएको र करिब २५ करोड ९० लाख कोरियन वोन (झन्डै २ करोड ५० लाख नेपाली रूपैयाँ) बराबरको मजदुरी नदिएको खुलेको छ। यी तथ्य श्रम कार्यालयको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।
गत फेब्रुअरीमा म्याग्दीका २८ वर्षीय तुल्सी पुनले फर्ममा लगातार हुने दुर्व्यवहार सहन नसकी आत्महत्या गरेका थिए। घटनापछि, अन्य नेपाली मजदुरहरूले साहु र उनका सहयोगीहरूको दुर्व्यवहारको गोप्य भिडियो बनाएर सार्वजनिक गरेका थिए, जसको आधारमा प्रवासी मजदुर युनियनले तत्काल कारबाहीको माग गर्दै पहल लिएको थियो।
घटना सार्वजनिक भएपछि चौतर्फी रूपमा चासो र दबाब सिर्जना भएको थियो। विभिन्न संघसंस्था, मानवअधिकारकर्मी तथा प्रवासी समुदायले सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement