Advertisement
Advertisement
Advertisement
Advertisement

दक्षिण कोरियामा सन् २०२७ देखि गर्भपतनका औषधि स्वीकृत गर्ने तयारी

  |      16:55:00   |  
दक्षिण कोरियामा सन् २०२७ देखि गर्भपतनका औषधि स्वीकृत गर्ने तयारी

असोज १, काठमाडौं । दक्षिण कोरियाले पहिलोपटक गर्भपतनका लागि प्रयोग हुने औषधिलाई औपचारिक रूपमा स्वीकृति दिने तयारी गरेको छ। सरकारले सन् २०२७ को पहिलो त्रैमासिकदेखि नौ सातासम्मको गर्भावस्थामा औषधिमार्फत गर्भपतन गर्न अनुमति दिने योजना अघि सारेको हो।

सरकारको योजनाअनुसार सुरुका दुई वर्ष गर्भपतनका औषधि चिकित्सकले नै सिफारिस तथा वितरण गर्ने व्यवस्था गरिनेछ। यसका लागि मिफेप्रिस्टोन र मिसोप्रोस्टोलको संयोजन भएको औषधि आयातलाई स्वीकृति दिने प्रक्रिया अघि बढाइएको छ।

सन् २०१९ मा दक्षिण कोरियाको संवैधानिक अदालतले दशकौँदेखि कायम अधिकांश गर्भपतनसम्बन्धी आपराधिक प्रतिबन्ध खुकुलो बनाउन आदेश दिएको थियो। त्यसपछि गर्भपतन अपराधीकरणबाट बाहिरिए पनि सम्बन्धित कानुनमा आवश्यक संशोधन हुन सकेको छैन। यही कानुनी अस्पष्टताका कारण केही महिलाले अनधिकृत अनलाइन माध्यमबाट गर्भपतनका औषधि लिन थालेको र औषधिको सुरक्षाबारे प्रश्न उठेको एपीले जनाएको छ।

सरकारले औषधिमार्फत गर्भपतनलाई स्वास्थ्य प्रणालीभित्र ल्याएर सुरक्षित र नियमन गरिएको सेवा उपलब्ध गराउने उद्देश्य राखेको जनाएको छ। महिला अधिकारसम्बन्धी संस्थाहरूले योजनालाई सकारात्मक कदम भने पनि औषधि सहज रूपमा उपलब्ध गराउने तथा स्वास्थ्य बीमामा समेट्ने व्यवस्था गर्न माग गरेका छन्।

तर क्याथोलिक बिशप सम्मेलन र दक्षिण कोरियाली प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरूको संगठनले योजनाबारे आपत्ति तथा चिन्ता व्यक्त गरेका छन्। चिकित्सकहरूको संगठनले सम्भावित जटिलता व्यवस्थापन र औषधि दिने चिकित्सकलाई कानुनी सुरक्षा सुनिश्चित गर्न थप कानुनी व्यवस्था आवश्यक रहेको बताएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement