Advertisement
Advertisement
Advertisement
Advertisement

सडकमा बच्चा जन्माउन बाध्य बबिता पासवानको विषयमा सरकारसँग जवाफ माग

  |      15:43:00   |  
सडकमा बच्चा जन्माउन बाध्य बबिता पासवानको विषयमा सरकारसँग जवाफ माग

भदौ २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका–१४, पर्साकी बबिता पासवानले सडकमा बच्चा जन्माउन बाध्य भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बबिता पासवानले अस्पतालको पेटीमै बच्चा जन्माउनुपर्ने अवस्था आउनु राज्यको स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न भएको बताइन्।

उनले चुनावका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले ‘गोजीमा पैसा नहुनुले उपचार पाउनुपर्छ’ भन्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनबारे प्रश्न उठाइन्।

ओलीका अनुसार बबिताका श्रीमान्सँग उपचारका लागि दुई हजार रुपैयाँ मात्र थियो। अस्पतालमा आवश्यक रकममध्ये करिब १२ सय रुपैयाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा बबिता पनि सँगै निस्किएकी थिइन्। त्यस क्रममा उनले अस्पतालको पेटीमै बच्चा जन्माउन बाध्य भएको ओलीले बताइन्।

‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु– तपाईंले घोषणा गर्नुभएको एजेण्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छरु’ ओलीले प्रश्न गरिन्।

उनले घटनाबारे प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसँग जवाफ माग गर्दै आर्थिक अभावकै कारण कुनै पनि महिलाले सुरक्षित प्रसूति सेवा पाउनबाट वञ्चित हुन नहुने बताइन्।

बैठकमा अन्य सांसदहरूले समेत बबिता पासवानले सडकमा बच्चा जन्माउन बाध्य भएको घटनालाई गम्भीर रूपमा उठाउँदै सरकारसँग जवाफ माग गरेका छन्।

सांसदहरूले आधारभूत स्वास्थ्य सेवा र सुरक्षित मातृत्वको संवैधानिक तथा कानुनी सुनिश्चितताका बाबजुद आर्थिक अभावका कारण महिलाले अस्पतालमै अपमानजनक र जोखिमपूर्ण अवस्था भोग्नुपर्ने स्थिति अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement