Advertisement
Advertisement
Advertisement
Advertisement

महिला जननांग विकृति अन्त्य गर्न १५.५ मिलियन डलरको कोष स्थापना

  |      11:14:00   |  
महिला जननांग विकृति अन्त्य गर्न १५.५ मिलियन डलरको कोष स्थापना

विश्वभर महिलाहरू र बालिकामाथि हुने महिला जननांग विकृति अन्त्य गर्ने अभियानलाई थप प्रभावकारी बनाउन १५.५ मिलियन अमेरिकी डलरको नयाँ कोष स्थापना गरिएको छ।

‘हर होराइजन फन्ड’ नाम दिइएको उक्त कोषको सुरुवाती रकम अमेरिकी वालस ग्लोबल फन्डबाट १४ मिलियन डलर र एक गुमनाम दाताबाट थप १.५ मिलियन डलर गरी कुल १५.५ मिलियन डलर रहेको छ। कोषले आगामी दिनमा दाताहरूबाट थप १०० मिलियन डलर जुटाएर एक पुस्ताभित्रै महिला जननांग विकृति अन्त्य गर्ने अभियानलाई निर्णायक चरणमा पुर्‍याउने लक्ष्य राखेको छ।

महिला जननांग विकृतिबाट विश्वभर २३ करोडभन्दा बढी महिला तथा बालिका प्रभावित भइसकेका छन्। संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म यो प्रथा अन्त्य गर्ने लक्ष्य राखे पनि पर्याप्त आर्थिक स्रोतको अभाव र कानुनी संरक्षणमाथि देखिएको चुनौतीका कारण प्रगति लक्ष्यअनुसार अघि बढ्न नसकेको जनाइएको छ।

महिला जननांग विकृति अन्त्यका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र संयुक्त राष्ट्रसंघीय बाल कोषले १८ देशमा सञ्चालन गरिरहेको प्रमुख कार्यक्रमको आर्थिक सहयोग गत वर्ष ४५ प्रतिशतले घटेको थियो। उक्त कार्यक्रमले अघिल्लो वर्ष २ करोड ९६ लाख डलर प्राप्त गरेकोमा गत वर्ष यो रकम घटेर १ करोड ६३ लाख डलरमा पुगेको थियो।

सोमालियाकी महिला अधिकार अभियन्ता तथा महिला जननांग विकृतिबाट पीडित इफ्राह अहमदले स्थानीय तहमा काम गरिरहेका अभियन्तालाई निरन्तर आर्थिक सहयोग आवश्यक रहेको बताएकी छन्। उनका अनुसार आर्थिक स्रोतको अभाव भएमा बालिकालाई यो हानिकारक प्रथाबाट मुक्त गर्ने अभियान नै कमजोर बन्न सक्छ।

बुर्किना फासो, गाम्बिया र केन्यालगायतका देशले महिला जननांग विकृतिलाई अपराधका रूपमा कानुनी प्रतिबन्ध लगाए पनि उपलब्धि अझै कमजोर अवस्थामा रहेको अधिकारकर्मीहरूले बताएका छन्। गाम्बियामा यससम्बन्धी प्रतिबन्धविरुद्ध संवैधानिक चुनौती अदालतमा विचाराधीन छ भने सिएरा लियोनको नयाँ बाल अधिकारसम्बन्धी कानुनमा समेत यो प्रथा प्रतिबन्धित नगरिएको जनाइएको छ।

महिला जननांग विकृति गैरचिकित्सकीय कारणले महिलाको बाह्य जननांगको केही वा सम्पूर्ण भाग काट्ने प्रथा हो। यसबाट अत्यधिक पीडा, रक्तस्राव, संक्रमण, प्रसूति जटिलता, दीर्घकालीन पीडा तथा मनोवैज्ञानिक आघातजस्ता गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छन्।

अधिकारकर्मीहरूले यो प्रथा महिला तथा बालिकामाथि हुने लैंगिक हिंसाको गम्भीर रूप भएकाले यसको अन्त्यका लागि स्थानीय तहमा काम गरिरहेका पीडित तथा अभियन्तालाई प्रत्यक्ष र पर्याप्त आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement