Advertisement
Advertisement
Advertisement
Advertisement

भोटेकोसी बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन सांसद धितालको माग

  |      15:01:00   |  
भोटेकोसी बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन सांसद धितालको माग
भदौ २४, काठमाडौं । प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले भोटेकोसी बाढीबाट विस्थापित भई होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला तथा बालबालिकाको सुरक्षा र गरिमा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले करिब चार हजार नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको जानकारी दिइन्। बाढीका कारण दैनिक सेवन गर्नुपर्ने औषधि बगाएको, मरेका पशुचौपायाको उचित व्यवस्थापन हुन नसकेको तथा महामारीको जोखिम बढिरहेको उनले बताइन्।
सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा धेरै प्रभावित नागरिक बाहिरी संसारसँग सम्पर्कविहीन भएको उल्लेख गर्दै उनले विपत्तिका बीच महिला तथा बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण बनेको बताइन्।
उनले अपरिचित व्यक्तिहरूसँग एउटै कोठा साझा गरेर बस्नुपर्ने अवस्थाले महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र सम्मानमा जोखिम बढाउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
‘आफ्नै घरमा समेत महिलाको सुरक्षा चुनौतीपूर्ण हुने हाम्रो सामाजिक परिवेशमा अपरिचित व्यक्तिसँग एउटै कोठा साझा गर्नुपर्दा उनीहरूको सुरक्षा र अस्मिताको अवस्था कस्तो होला रु’ भन्दै धितालले प्रश्न गरिन्।
उद्धार तथा राहतका क्रममा थप असुरक्षा सिर्जना नहोस् भन्नेतर्फ समेत सचेत हुनुपर्ने उनको भनाइ थियो। उनले विपद् व्यवस्थापनका क्रममा महिला र बालबालिकाको विशेष आवश्यकता तथा सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement