Advertisement
Advertisement
Advertisement
Advertisement

‘होममेकर’ महिला मात्र होइन, पुरुष र कमाउने व्यक्ति पनि हुन सक्छन्: कर्नाटक उच्च अदालत

  |      11:39:00   |  
web image
web image

भदौ ४ , काठमाडौं । भारतको कर्नाटक उच्च अदालतले ‘होममेकर’ अर्थात् घरपरिवार सम्हाल्ने व्यक्ति भन्ने शब्द महिला मात्रमा सीमित नभई महिला वा पुरुष दुवैका लागि प्रयोग हुन सक्ने फैसला गरेको छ।
न्यायाधीश चिल्लाकुर सुमलताले सन् २०१८ मा पश्चिम बंगालका पम्पालालले दायर गरेको पुनरावेदनमा आंशिक सुनुवाइ गर्दै यस्तो टिप्पणी गरेकी हुन्। अदालतले दुर्घटनाबाट भएको क्षतिका लागि मोटर दुर्घटना दाबी न्यायाधिकरणले तोकेको क्षतिपूर्तिमा थप १ लाख ९६ हजार भारतीय रुपैयाँ उपलब्ध गराउने आदेशसमेत दिएको छ।
सन् २०१३ अक्टोबर १९ मा परिवारसँग यात्रा गरिरहेका बेला ती महिला तीव्र गतिमा चलाइएको कर्नाटक राज्य सडक यातायात निगमको बस दुर्घटनामा परेर घाइते भएकी थिइन्।
अदालतमा उनको पक्षबाट बहस गर्दै दुर्घटनाका कारण उनी काम गर्न नसकेको अवस्थामा घरपरिवारका लागि गरेको सेवाका आधारमा ‘होममेकर’ मानेर क्षतिपूर्ति दिनुपर्ने तर्क गरिएको थियो। उच्च शैक्षिक योग्यता भएकी महिला भएकाले उनलाई ‘होममेकर’ मान्न नहुने दाबी गरेको थियो।
अदालतले भने उच्च शैक्षिक योग्यता भएको वा नभएको विषयले कसैलाई होममेकर मान्ने वा नमान्ने निर्धारण नगर्ने स्पष्ट गरेको छ। परिवारका लागि सेवा गर्ने प्रत्येक महिलालाई होममेकरका रूपमा मान्न सकिने अदालतको भनाइ छ।
होममेकर हुन निरक्षर हुनुपर्ने, चौबीसै घण्टा घरमै बस्नुपर्ने वा घरायसी काम मात्र गर्नुपर्ने कुनै आवश्यकता नभएको अदालतले जनाएको छ।
अदालतले ‘होममेकर’ शब्द लैंगिक रूपमा तटस्थ रहेको भन्दै पुरुष वा महिला दुवैलाई जनाउन सक्ने उल्लेख गरेको छ। साथै होममेकर व्यक्ति काम गर्ने, परिवारको मुख्य कमाउने सदस्य वा ज्याला आर्जन गर्ने व्यक्ति पनि हुन सक्ने अदालतको व्याख्या छ।
अदालतले उनको काल्पनिक आम्दानी ८ हजार भारतीय रुपैयाँ प्रतिमहिना मानेर दुर्घटनापछि कम्तीमा तीन महिना आराम गर्नुपर्ने अवस्था रहेको ठहर गरेको छ। त्यस अवधिको आर्थिक क्षति २४ हजार रुपैयाँ हुने भन्दै अन्य क्षतिसहित थप १ लाख ९६ हजार रुपैयाँ क्षतिपूर्ति र वार्षिक ६ प्रतिशत ब्याज दिन आदेश दिएको हो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement