Advertisement
Advertisement
Advertisement
Advertisement

‘साना कुरामा ध्यान दिने हो भने मिर्गौलासम्बन्धीको रोग लाग्दैन’

  |      16:19:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन ३०, काठमाडौं । सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् । 


उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताउनुभयो । 


विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज राजधानीमा आयोजित सचेतनामूलक कार्यक्रममा डा बस्नेतले विश्वमा मृत्युको प्रमुख कारणको छैटौँ स्थानमा रहेका मिर्गौला रोग नेपालमा हरेक वर्ष बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँका अनुसार विश्वमा हरेक वर्ष २४ लाख मानिसको मिर्गौला रोगका कारण ज्यान जाने गरेको छ । 


“मधुमेह र उच्च रक्तचाप नै मिर्गौला फेल गराउने प्रमुख कारण रहेको छ”, उहाँले भन्नुभयो, “रोग लाग्नबाट बच्नका लागि दैनिक पसिना आउने गरी व्यायाम गर्ने, तनाव मुक्त गर्ने, नुन कम खाने, पानी प्रशस्त मात्रमा पिउने, धु्रमपान मध्यपान नगर्ने, दुखाइ कम गर्ने औषधि जथाभावी नखाने र हरेक वर्ष मिर्गौलाको परीक्षण गर्ने गर्नुपर्छ ।” 


सो अवसरमा उप्रप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न कारणले वातावरण प्रदूषित हुँदै गएको, खानेकुरामा विषादीको मात्रा बढ्दै जानुले पनि समस्या बढेको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 


शारीरिक अभ्याससँगै खानपानमा ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री यादवले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा मिर्गौला र क्यान्सर रोग ठूलो समस्याको रुपमा बढ्दै गएकोमा मन्त्री यादवले चिन्ता प्रकट गर्नुभयो । 


निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले जनतालाई सजक बनाउन सचेतनामूलक कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै नेपाल किड्नी फाउण्डेशनको कामको प्रशंसा गर्नुभयो । फाउण्डेशनले अहिलेसम्म ३५ हजारको निःशुल्क चेकजाँच गरिसकेको र सचेतनामूलक कार्यक्रम नियमित गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो । 
- रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement