माघ ७,काठमाडौं । ७१ औं मिस वर्ल्ड १८ फेब्रुअरीदेखि हुने भएको छ ।
फेब्रुअरी १८ देखि मार्च ९ सम्म प्रतियोगिता दिल्लीस्थित जी-२० सम्मेलनको आयोजनास्थल भारतमण्डपमा मिस वर्ल्डको उद्घाटन समारोह हुनेछ ।
प्रतिस्पर्धी सुन्दरी दिल्लीमा आठ दिन बस्नेछन् ।ग्राण्ड फिनाले चाहिं मुम्बईस्थित रिलायन्स जिया कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेले एक्स (पहिलेको ट्वीटर)मार्फत यसबारे बताएकी छन् । यसअघि ब्युटी विथ पर्पस विधामा एक जना मात्र विजेता चयन गरिन्थ्यो । यसपटक भने ६ महादेशबाट ६ जना विजेता चुनिनेछन् । यस प्रतियोगितामा नेपालबाट प्रियंकारानी जोशीले भाग लिने भएकी छन् ।