Advertisement
Advertisement
Advertisement
Advertisement

५० वर्षको उमेरमा फाल्गुनीले शुरु गरेको ‘नायका’, जागिर छोडेर थालेको स्टार्टअपले बनायो अर्बपति !

  |      15:05:00   |  
web imege
web imege

पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा फाल्गुनी नायर भने व्यापारिक संसारमा प्रवेश गर्दै थिइन्।

आज उनी देशको सबैभन्दा धनी महिला सीईओ पनि हुन्।करिब दुई दशकसम्म बैंकिङ क्षेत्रमा काम गरिसकेपछि उनले ५० वर्षको उमेरमा ब्यूटी-वेलनेस उत्पादनहरू बेच्ने अनलाइन प्लेटफर्म नायका सुरु गरिन् । 

उनले यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनलाई भारतीय स्टार्टअपको रानी पनि भनिन्छ। उनको कम्पनीले सुरु गरेको कस्मेटिक व्यवसायले आज भारतमा रिलायन्स र टाटा समूहसँग प्रतिस्पर्धा गरिरहेको छ।

व्यापारिक पत्रिका फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ३.२ बिलियन डलर अर्थात् करिब २६ हजार ५७३ करोड भारु छ । उनी विश्वका धनी व्यक्तिको सूचीमा ९४९ औं स्थानमा छिन् । 

नायकाको मूल कम्पनी एफएसएन ई-कमर्स भेन्चर्स लिमिटेडको बजार पूँजीकरण ५० हजार ४८४.१५ करोड भारु छ।करिब दुई वर्ष आगाडि मात्र ई-कमर्स भेन्चर्स लिमिटेडको आईपीओ नेशनल स्टक एक्सचेञ्ज(एनएसई) मा सूचीकृत भएको थियो ।

कम्पनीको  पहिलो दिनमै बजार पूँजीकरण १ लाख करोड भारु पुगेको थियो । फाल्गुनी यस्ती महिला हुन्, जसको कम्पनीमा ५० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ ।उनी यस कम्पनीको कार्यकारी अध्यक्ष, प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।

उनले विरासतमा पाएको कम्पनी वा आमाबुवाको पैसाका आधारमा यो पद हासिल गरेको भने होइन । १९ फेब्रुअरी, १९६३ मा मुम्बईमा जन्मेकी फाल्गुनी पेशाले बैंकर हुन् । उनले एएफ फर्ग्युसन कम्पनीमा व्यवस्थापन सल्लाहकारको रूपमा आफ्नो करियर सुरु गरेकि थिइन्।

सन् १९९३ मा उनी कोटक महिन्द्रा क्यापिटलमा आबद्ध भइन र त्यहाँ २० वर्ष काम पनि गरिन्। सन् २००५ मा, उनी कम्पनीको प्रबन्ध निर्देशक भइन् र सन् २०१२  सम्म काम गरिन् ।
 

कसरी सुरु भयो स्टार्टअप ?

जागिरमा रहँदा उनले आईआईएम अहमदाबादबाट एमबीए गरिन्। एमबीए गर्दा नै उनलाई आफ्नै व्यवसाय सुरु गर्ने सोच आयो । ५० वर्षको उमेर पुगेपछि फाल्गुनीले छँदाखाँदाको राम्रो जागिर छाडेर सन् २०१२ मा सौन्दर्य-स्वास्थ्य उत्पादनहरू बेच्नको लागि अनलाइन प्लेटफर्म नायका सुरु गरिन्।

नायका संस्कृत शब्द ‘नायिका’ बाट प्रेरित हो। यसको अर्थ मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्री हो। अथक मिहिनेत र प्रयासका कारण यो कम्पनी छोटो समयमा नै महिलाहरुको सौन्दर्य प्रशाधन बिक्रीवितरण गर्ने एक प्लेटफर्मको रूपमा लोकप्रिय भयो। सन् २०१४ मा सिकोइया क्यापिटल इन्डियाले नायकामा १मिलियन डलर लगानी गरेको थियो ।

नायका महिलाको नेतृत्वमा देशको पहिलो युनिकर्न कम्पनी पनि थियो। उनले नायकालाई भारतमा सौन्दर्य उत्पादनको क्षेत्रमा एक लिडरको रूपमा स्थापित गरिन्। भारतमा नायकाको अनलाइन र अफलाइन व्यापार दुबै सञ्चालनमा छन्। यसका देशभर १५२ वटा स्टोरहरु छन्।

सौन्दर्य क्षेत्रमा नायकाले पाएको सफलताबाट प्रेरित भएर या संयोगबस आज यो क्षेत्रमा भारतका प्रतिष्ठित टाटा र रिलायन्स कम्पनी पनि प्रवेश गरेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement