Advertisement
Advertisement
Advertisement
Advertisement

२ दिनमा २ सन्तान दुई पाठेघर भएकी आमाले जन्माइन्

  |      17:21:00   |  
web imege
web imege

पुस ८, काठमाडौं । अमेरिकामा दुर्लभ दुईवटा पाठेघर भएकी एक महिलाले दुई दिनमा दुई वटा सन्तान जन्माएकी छन्। दश लाखमा एक पटक हुने त्यस्तो खालको गर्भावस्था भनिएको उक्त घटनामा ती महिना २० घण्टा प्रसव ब्यथामा थिइन्।

गत मङ्गलवार पहिलो र बुधवार दोस्रो छोरीलाई युनिभर्सिटी अफ अलाबामा बर्मिङ्घम अस्पतालमा ३२ वर्षकी केल्सी हेचरले  जन्म दिएकी थिइन्।

सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीहरूकोआफूले ‘अद्भुत सन्तान’हरू जन्माएको उल्लेख गर्दै उनले प्रशंसा गरेकी छन्। अलग अलग जन्म मिति सहितका दुर्लभ जुम्ल्याहाका रूपमा ती बालिकाहरूलाई लिइएको छ। 

ती आमालाई १७ वर्षको उमेरमा उनको दुईवटा पाठेघर रहेको बताइएको थियो र त्यसलाई दुर्लभ जन्मजात समस्याका रूपमा यूनिभर्सिटी अफ अलाबामा बर्मिङ्घमले उल्लेख गरेको छ।

संसारभर ०.३ प्रतिशत महिलामा त्यस्तो समस्या देखा पर्नेगर्छ। दुई वटा पाठेघर रहेको अवस्थामा गर्भ रहने सम्भावना दश लाखमा एक रहने उक्त विश्वविद्यालयले जनाएको छ।
यस्ता घटना विश्वका अन्य ठाउँमा पनि खासै भएका छैन।

हेचरको विगतमा तीन पटक स्वस्थ्य गर्भ रहेको थियो। यसपटक उनले एउटा मात्रै पाठेघरमा गर्भ रहेको ठानेकी थिइन्।

तर नियमित अल्ट्रासाउन्ड परीक्षणमा दोस्रोमा पनि बच्चा रहेको देखियो। “मलाई सास फेर्नै गाह्रो भयो। हामीले त्यो पत्याउनै सकेनौँ,” उनले भनिन्।

उनले आफ्नो अस्वाभाविक यात्रालाई इन्स्टाग्राममा कैद गरेकी छन्। ३८ हप्ताको समयमा उनले राखेको एउटा पोस्टमा लेखिएको छ, “यो के भइरहेको छ? हामीले कसरी यहाँसम्म यात्रा गर्‍यौरु” बीबीसीबाट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement