Advertisement
Advertisement
Advertisement
Advertisement

२५ वर्षीया एक युवतीको महिनावारी हुँदा आँखाबाट रगत बग्यो

  |      13:32:00   |  
Web Image
Web Image

चैत १०, काठमाडौं । २५ वर्षीया एक युवतीको एक दुर्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट रगत बग्यो ।

आँखाबाट रगत बग्ने अति दुर्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दुर्लभ ‘ओक्युलर भिक्यारियस मिन्स्ट्रुएसन’ नाम दिएका छन् । नाम नखुलाइएकी यी २५ वर्षीया महिला चन्डिगढको एक अस्पतालमा आफ्नो समस्या लिएर पुगेकी थिइन् । उनीमाथि गरिएका विभिन्न परीक्षण साधारण नै आए । महिनावारी भएकै बेला आँखाबाट रगत बग्ने समस्या देखा परेको ती युवतीले जानकारी दिएपछि दिएपछि डाक्टरले यो कोणबाट परीक्षण सुरु गरेका थिए ।

अडिटीसेन्ट्रेल अनुसार ती युवतीले रगतका आँसुले आफूलाई कुनै असहज र पीडा भने महसुस नगराएको जानकारी दिइन् । विस्तृत नेत्ररोग र रेडियोलोजिकल परीक्षणहरुले उनको अवस्था सामान्य बाहेक केही देखाएको थिएन ।

हालसम्म उनको आँखाबाट दुई पटक रगतका आँसु बगे । डाक्टरसँगको कुराकानीमा उनले दुबैपटक आफू महिनावारी भएका बेला आँखाबाट रगत बगेको बताइन् ।

यो अति दुर्लभ स्वास्थ्य स्थितिमा महिलाहरुको यौनाङ्गबाहेक अन्य अङ्गबाट रगत बग्ने गर्छ । यीमध्ये सबैभन्दा साधारण नाकबाट रगत बग्नु हो । यद्यपि, कतिको ओठबाट, आँखाबाट, फोक्सोबाट, पेटबाट पनि रगत बग्ने गरेका केस भेटिएका छन् ।

उनको स्वास्थ्य स्थितिबारे पत्ता लागेपछि उनलाई एस्ट्रोजन र प्रोजेस्टेरोनयुक्त गर्भनिरोधक चक्की खुवाउन लगाइयो । तीन महिनाको फलोअप पछि अब उनको आँखाबाट रगत बग्न बन्द भएको बताइन्छ ।

रातोपाटीबाट साभार 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement