Advertisement
Advertisement
Advertisement
Advertisement

होटलमा युवतीसँग भेटिएका प्रहरीका सईमाथि छानबिन

  |      14:32:00   |  
web image
web image
भदौ १, काठमाडौं । काभ्रेमा एक युवतीसँग होटलको कोठामा भेटिएका प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठमाथि छानबिन सुरु गरिएको छ। आइतबार राति नमोबुद्ध बजारस्थित एक होटलबाट स्थानीयले उनीहरूलाई बाहिर निकालेपछि घटना सार्वजनिक भएको हो।
भकुण्डेबेसीस्थित प्रहरी कार्यालयका इञ्चार्ज रहेका श्रेष्ठ एक युवतीसँग होटलमा बसेको अवस्थामा फेला परेका थिए। स्थानीय युवाहरूले होटलको कोठाको ढोका खुलाएर भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि सई श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा बोलाइएको छ। उनीसँगै होटलमा भेटिएकी युवतीलाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ।
उक्त युवती प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अस्थायी निर्वाचन प्रहरीका रूपमा कार्यरत रहेकी थिइन्। स्थानीयका अनुसार निर्वाचन प्रहरी छनोट प्रक्रियामा सई श्रेष्ठको संलग्नता रहेको थियो।
यसअघि पनि सई श्रेष्ठविरुद्ध नदीजन्य सामग्री उत्खनन, टिप्परबाट रकम असुली तथा स्थानीयविरुद्ध दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो। स्थानीयले विभिन्न निकायमा पटक–पटक गुनासो गरे पनि कुनै ठोस कारबाही नभएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालयले घटनाको सत्यतथ्यबारे आवश्यक छानबिन भइरहेको जनाएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement