Advertisement
Advertisement
Advertisement
Advertisement

सुर्खेतका साढे ८ हजार महिलालाई निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा

  |      17:38:00   |  
सुर्खेतका साढे ८ हजार महिलालाई निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा

फागुन २२, सुर्खेत । नेपाल एपीएफ अस्पताल काठमाडौँले सुर्खेतका साढे ८ हजार महिलाहरूको निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा प्रदान गरेको छ । पूर्वी सुर्खेतको गुर्भाकोट, लेकेशी र भेरीगंगा नगरपालिकाका गरी ८ हजार  ५१० जना महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । 

प्रतिनिधि सभा सदस्य एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको पहलमा एपीएफले १३ दिन सम्बन्धित पालिकाहरूमा बसेर निःशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर ‘स्क्रिनिङ’ चलाएको थियो । 

शिविरमा गुर्भाकोट नगरपालिकाका २ हजार ८३४ जना, लेकवेशी नगरपालिकामा २ हजार २११ र भेरीगंगामा  नगरपालिकामा ३ हजार ४६५ जना महिलाले पाठेघरको मुखको र स्तनको क्यान्सरको निःशुल्क परीक्षण गराएका छन्।  

पहिलो चरणमा उपस्थित महिलाहरुलाई पाठेघर खस्ने, पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरी बल अस्पताल काठमाडौँकी पाठेघर क्यान्सर विशेषज्ञ प्रहरी उपरीक्षक डाक्टर सौजन्य कर्माचार्यले जानकारी दिइन् । 

जनचेतनामूलक कक्षामा ८ हजार ९०६ जना महिला सहभागी बनेका थिए । गाउँघरमा महिलाहरू रोग पालेर पनि स्वास्थ्य उपचारका लागि खुल्नै नमान्ने स्थिति भएकाले सुरुमा जनचेतनामूलक कार्यक्रम र त्यसपछि मात्रै उपचार गर्न सम्भव भएको उनले बताइन् । 

उनका अनुसार जनचेतनामूलक कार्यक्रम पछि मात्रै ९० प्रतिशत महिलाहरू स्वतःस्फूर्त रूपमा सेतो पाठेघर तथा स्तनको क्यान्सर जाँच गर्न तयार भएका हुन् । ‘सेवा लिएका अधिकांश महिलाको महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतोपानी बग्ने, योनीको सङ्क्रमण, आङ खस्ने समस्या देखियो,’ उनले भनिन,‘ त्यसमा पनि कतिपय महिलाको बिरामको तेस्रो चरण समेत पार भइसकेको अवस्था भेटियो ।’ 

उनका अनुसार तीन पालिकाका ३ हजार महिलामा पाठेघर र यौन सम्बन्धी सङ्क्रमण देखिएको छ । 

यस्तै ५० प्रतिशत महिलाहरू आङ खस्ने समस्याबाट ग्रसित भेटिए । १२ जनामा क्यान्सरको शंका गरिएकोले उनीहरूलाई सुशील कोइराला अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । ‘२ जना महिलालाई शिविरकै क्रममा पाठेघरको मुखको क्यान्सर हो भन्ने पुष्टि नै भयो,’ डा। कर्माचार्यले भनिन,‘ एक जनामा तेस्रो चरण र अर्को पहिलो चरणमा नै क्यान्सर भएको देखिन्छ ।’

यस्तै ४ जनामा स्तनको क्यान्सर देखा परेको छ । कर्माचार्यका अनुसार आफ्नो जीवनकालमा स्वास्थ्य समस्याबारे जाँच समेत नगरेका ८० प्रतिशत महिलाहरूमा बढी समस्या देखिएको छ । ‘बालविवाहले महिलाहरूमा समस्या देखिएको हाम्रो निष्कर्ष छ,’ उनले भनिन् । 

शिविरमा १६–१८ वर्षका महिलाहरू पनि सहभागी भएका थिए । उनीहरूले बिहे गरेको ४–५ वर्ष हुँदा पनि बच्चा नजन्मेको गुनासो ल्याएर आएको उनी बताउँछिन् । कर्माचार्य ग्रामीण भेगमा महिलाहरू शारीरिक रूपमा तन्दुरुस्त नरहेको बताउँछिन् ।

 ‘महिलामा शारीरिक समस्या मात्र नभई मानसिक समस्याले समेत महिलाहरूको भविष्य चिन्ता जनक छ,’ उनले भनिन्,‘ कलिलो उमेरमै पाठेघर फाल्नुभएको पनि देखियो । घरपरिवार, श्रीमानले नै पेट दुख्छ, बच्चा चाहिँदैन भनेर पाठेघर फालेको अवस्था देखियो, यो महिलाको जीवनकालमा निकै दुखलाग्दो कुरा हो ।’

शिविरमा सहभागी धेरैजसो महिलाले शरीरमा रोग पालेर पनि स्वास्थ्य चौकी नगएको देखिएको छ । १३ दिनको शिविरमा ११९ जना स्वास्थ्यकर्मीहरू खटिएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement