साउन १५ , काठमाडौ । प्रतिनिधिसभा सदस्य पार्वती विकले वर्तमान राजनीतिक व्यवस्था संरक्षण र संविधानको रक्षा आफ्नो प्रमुख दायित्व भएको बताएकी छन्। उनले लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत गर्दै देशलाई स्थायित्वतर्फ अघि बढाउन आफू प्रतिबद्ध रहने स्पष्ट पारेकी हुन्।
हालै आयोजित एक कार्यक्रममा बोल्दै सांसद विकले संविधानले सुनिश्चित गरेका अधिकारहरूको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिन्। उनले राजनीतिक दलहरूबीच सहकार्य र समन्वयमार्फत लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिइन्।
उनले परिवर्तनका उपलब्धिहरूलाई जोगाउन जनप्रतिनिधिहरू अझ जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउँदै संविधानमाथि हुने कुनै पनि चुनौतीको सामना गर्न आफू दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरिन्।
सांसद विकले सामाजिक न्याय, समानता र समावेशीतालाई व्यवहारमा लागू गर्दै नागरिकको विश्वास जित्नुपर्ने आवश्यकता औंल्याउँदै लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा आफ्नो भूमिका निरन्तर रहने बताइन्।