Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वभरका महिला रिसाहा हुँदै गएको : ग्यालपको वार्षिक सर्वेक्षण

  |      18:20:00   |  
web imege
web imege

पुष २२, काठमाडौं । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ। यसको कारण के हुन सक्छ ?

दुई वर्षअघि भान्सा कोठामा रहेका बेला ताशा रेनीले निकै चर्को आवाज निस्कने गरी चिच्याइन्। यसले उनी आफैलाई आश्चर्यचकित पार्‍यो।

'रिसाउनु मेरा लागि सधैँ सहज भाव थियो,' उनले भनिन्। तर यस्तो अवस्था उनले विगतमा महसुस गरेकी थिइनन्।

यो कोभिड महामारीको बीचमा भएको थियो। त्यसको २० मिनेट अघि आफूलाई क्रुद्ध पारेका कुराहरू सम्झँदै घरभित्रै उनी हिँडेकी थिइन्।

त्यसरी चिच्याएपछि उनले असाध्यै हलुका महसुस गरिन्।

पेसाले हिप्नो थेरापिस्ट र लाइफ कोच ताशाले त्यसयता विश्वभरका महिलाहरूलाई जुममा जमा गर्दै उनीहरूलाई क्रुद्ध बनाउने कुराहरूबारे बोल्न लगाउने र चिच्याएर आफ्नो भाव प्रस्फुटन गर्न लगाउने गर्छिन्।

बीबीसी १०० विमिन २०२१  को छन् सूचीमा 
प्रियङ्का चोपडास् 'पुरुष सहकर्मीले प्राप्त गर्ने पारिश्रमिकको १० प्रतिशत कमाउँथेँ '
बीबीसीले ग्यालप वर्ल्ड पोलको १० वर्षको तथ्याङ्क केलाउँदा महिलाहरू झन् झन् रिसाहा हुँदै गएको देखिन्छ।

उक्त सर्वेक्षणमा प्रत्येक वर्ष १५० देशका १२०,००० मानिसहरूलाई सोधिने प्रश्नमध्ये अघिल्लो दिन अधिकांश समय ती व्यक्तिले कस्तो भाव महसुस गरेका थिए भन्ने प्रश्न पनि पर्छ।

खास गरी नराम्रो महसुस हुँदा महिलाहरूले -क्रोध, नैराश्य, तनाव अनि चिन्ता - जस्ता भाव पुरुषको तुलनामा निरन्तर रूपमा बढी महसुस गर्ने गरेको बताउने गरेका छन्।

सन् २०१२ यताको तथ्याङ्क केलाउँदा पुरुषको तुलनामा बढी सङ्ख्यामा महिलाहरूले निराश महसुस गर्ने गरेको देखिन्छ। महिला, पुरुष दुवैले गर्ने यस्तो अनुभूति उकालो लाग्ने क्रममै छ।

तर क्रोध अनि तनाव महसुस हुनुमा पुरुषसँगको तुलनामा खाडल बढ्दो क्रममा छ। सन् २०१२मा दुवै लिङ्गका मानिसहरूले समान तहमा क्रोध अनि तनाव महसुस गर्ने गरेको देखिन्छ।

त्यसको ९ वर्ष पछिको समयसँग तुलना गर्दा महिलाहरू झन् झन् क्रुद्ध बन्दै गएको देखिन्छ। पुरुषहरूको तुलनामा उनीहरू ६ प्रतिशत बढी रिसाहा भएको देखिन्छ। बढी तनाव लिने कुरामा पनि महिलाहरू अघि परेको देखिन्छ।

यस्तो तथ्याङ्कले अमेरिकास्थित एक जना थेरापिस्ट सारा हार्मनलाई आश्चर्यमा पार्दैन। सन् २०२१मा उनले आफूकहाँ आउने महिलाहरूलाई चौरमा जमा पारेर चिच्याउन लगाएकी थिइन्।

एक वर्षपछि फेरि उनी चौरमा पुगिन। 'यसपालिको चिच्याहट भाइरल भयो,' उनले भनिन्। आमाहरू रहेको एउटा अनलाइन समूहमा रहेकी एक जना पत्रकारले यसलाई प्रकाशमा ल्याइन् र त्यस लगत्तै उनलाई विश्वभरका पत्रकारहरूले सम्पर्क गर्न थाले।

विश्वभर महिलाहरूले महसुस गरेको भाव आफूले समात्न सकेको साराको विश्वास छ। महामारीको बोझ असमान रूपमा आफूहरूमा परिरहेकाले उनीहरू तीव्र गतिमा निराश बनेको साराको बुझाइ छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement