पुस १, काठमाडौं । अमेरिकाको वासिङ्गटनस्थित वाइटल वायसेज अर्थात रिलायन्स फाउण्डेसनको तर्फबाट भारतका टप ५० सन् २०२२ को महिला लिडरको सूचिमा सिल्पि सिंह परेकी छिन् ।
केहि दिन अगाडी सार्वजनिक भएको उक्त सूचिको छनोटमा परेकी सिंह बालिका तस्करी भएका र बालविवाह रोक्नका लागी काम गर्ने, ड्रप आउट बच्चाहरुलाई विद्यालयमा पु¥याउने अभियान्ता वुमन लिडरको सूचिमा परेकी हुन् ।
भारतको कटिहार बरमसिया जन्मिएकी सिंहको पारिवारिक पृष्ठभूमि निकै फरक खालको थियो । बालपनमा बुबाको कारणले गर्दा उनलाई कपाल लामो बनाउने अनुमती थिएन । अन्य केटीहरुको जस्तो फेसन गर्ने छुट थिएन । सिंहको विचारमा ‘उनका पिता त्यस्तो पहिलो पुरुष हुनुपर्छ जसले घर बाहिरकोे १०० परुषसँग म डिल गर्नसक्ने महिला बन्न सकु भन्ने सोच राख्नुहुन्थ्यो । अमिर खानको फिल्म 'सेक्रेट सुपर स्टार'मा जसरी खानले आफ्ना छोरीहरुलाई पुरुष सोसरह बनाउने अभिनय गरेका छन् । त्यस्तै, उनका पिताले भने रियल लाइफमै गरेको सिंह स्मरण गर्छिन् ।
पटनामा ग्रेजुएसन र एमबिए गर्ने क्रममा उनी एक संगठनमा आवद्ध भइन् । उक्त संगठनमा अधिकांश पुरुषहरु नेतृत्वदायी भूमिकामा थिए । तर, उनको प्रयासमा उक्त संगठनलाई वुमन अर्गनाइजेसनमा परिणत गरिन् । उनको यो प्रसाय त सफल भयो तर उनलाई आलोचना गर्नेहरु धेरै भए । ‘दलालसँग झगडा गर्ने र पुलिसँग मिलेर रेस्क्यु गराउने पनि कुनै काम हो’ ? भन्ने अभिव्यक्त उनले खेपिन् । तर उनले कहिलै यस्ता कुरालाई चासो दिइनन् । समाजका लागी लड्ने उनको उद्देश्य जीवनको लक्ष्य बनाएकी थिइन् ।
यस्तै, बालविवाहको नाममा हुने गरेका तस्करीको उनी खरो विरोधी हुन् । उनको अभियानकै कारण आजसम्म १९०० बालिका र युवतीहरुलाई अपराधको चंगुलबाट बचाएकी छिन् । उनी भन्छिन्, ‘बिहारमा मानव तस्करी जागिरको लागी गरिदैन् । यहाँ तस्करीको तार विवाहको नाममा जोडीएको हुन्छ । यो विवाह फाइदाको लागि गरिने मानव तस्करी हो ।’
१२÷१३ बर्षका किशोरीहरुलाई ललाइफकाई गरेर, केटीको बाबुआमालाई पैसा दिएर विवाह हुने गरेको उनी बताउँछिन् । यी किशोरीहरुलाई दिल्ली, राजस्थान, पञ्जाव हरियाणामा विवाह गरेर पठाईने गरेका धेरै घटना भेटिएका कारण बालिका र युवतीहरुको संरक्षणमा अभियन्ता सिंह दिलो ज्यानले लागी परेकी हुन् । उनको संगठनमा अहिले अधिंकाश महिलाहरु आवद्ध भएर काम गरिरहेका छन्।
वाइटल वायसेजको स्थापना सन् १९९८ मा अमेरिकाको तत्कालिन फस्ट लेडी हिलारी किल्नटनले गरेकी थिइन् । यस संस्थाले विश्वभरका सोसल सेक्टरमा काम गर्ने महिलाहरुलाई छनोट गर्छ । संगठनले ठूलो मासमा कामगर्ने महिलाहरु जस्ले समाजमा ल्याएको परिवर्तनलाई विशेष प्राथमिकता दिएर उत्कृष्ट ५० महिला लिडरहरु छनोट गर्छ । यो वर्ष वायटलसँग मिलेर रिलायन्स फाउण्डेसनले भारतका टप ५० महिला लिडरहरुको सूचि सार्वजनिक गरेको हो ।