Advertisement
Advertisement
Advertisement
Advertisement

युवाको नेतृत्व विकासमा युएनडीपीको नयाँ पहल, सीमान्तकृत समुदायका युवतीलाई विशेष प्राथमिकता

  |      17:25:00   |  
web image
web image

भदौ २, काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)ले नेपालमा नागरिक तथा राजनीतिक साक्षरता अभिवृद्धि, सुशासनमा युवाको सहभागिता विस्तार र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यसहित नयाँ परियोजना सञ्चालन गरेको छ।
स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) को सहयोगमा सञ्चालन भइरहेको ‘एडभान्सिङ सिभिक इन्गेजमेन्ट फर डेमोक्रेटिक पार्टिसिपेसन’ परियोजना सन् २०२६ को जनवरीदेखि सन् २०२७ को नोभेम्बरसम्म सञ्चालन हुनेछ। करिब २५ लाख अमेरिकी डलर बजेट रहेको यो परियोजना देशभर लागू गरिने भए पनि कर्णाली, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखिएको छ।
परियोजनाको मुख्य उद्देश्य युवा, विशेषगरी युवती तथा सीमान्तकृत समुदायका युवालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्दै नीति निर्माण र सुशासनका प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु हो। साथै, नागरिक र सार्वजनिक संस्थाबीचको विश्वास तथा जवाफदेहितालाई सुदृढ बनाउने लक्ष्य पनि परियोजनाले लिएको छ।
योजना अन्तर्गत नागरिक तथा राजनीतिक साक्षरता, युवामैत्री शासन प्रणाली र सुरक्षित तथा विश्वसनीय डिजिटल वातावरण गरी तीन क्षेत्रमा विशेष ध्यान दिइनेछ। युवाको नेतृत्व क्षमता, वकालत गर्ने सीप तथा गलत सूचना र डिजिटल जोखिम पहिचान गर्ने क्षमताको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिनेछन्।
परियोजनाले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई पनि प्राथमिकतामा राखेको छ। दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, एलजीबीटीआईक्यूं समुदाय तथा दुर्गम क्षेत्रका युवाको सहभागिता बढाउने लक्ष्य राखिएको छ।
सामुदायिक सिकाइ केन्द्र, युवा परिषद्, शैक्षिक संस्था, नागरिक समाज र डिजिटल प्लेटफर्ममार्फत परियोजनाका गतिविधि सञ्चालन गरिनेछन्। नागरिक शिक्षा, युवाद्वारा सञ्चालित कार्यक्रम, सहपाठी सिकाइ, प्रमाणमा आधारित वकालत, डिजिटल तथा मिडिया साक्षरता र नागरिक–राज्य सम्बन्धलाई प्रभावकारी बनाउने कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।
यस परियोजनाको अर्को विशेषता द्वन्द्वप्रति संवेदनशील र ‘कुनै पनि प्रकारको हानि नगर्ने’ अवधारणामा आधारित हुनु हो। युवाले सुरक्षित र समावेशी वातावरणमा सिक्ने, सहभागिता जनाउने र नेतृत्व गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले परियोजनाका गतिविधि सञ्चालन गरिनेछन्।
यसैबीच, परियोजना अन्तर्गत काठमाडौंमा आयोजित ‘युवा लिसनिङ ल्याब–युवाका कुरा ९मन्थन०’ कार्यक्रममा चारवटै प्रदेशका युवाले सुशासनसँग सम्बन्धित चुनौतीहरू पहिचान गर्दै स्थानीय र प्रादेशिक सरकारका लागि व्यावहारिक सुझाव प्रस्तुत गरेका थिए।
युएनडीपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सुशासनमा अर्थपूर्ण सहभागिता, रोजगारी, सामाजिक न्याय र लोकतान्त्रिक संस्थाको सुदृढीकरण अहिले पनि प्रमुख चुनौतीका रूपमा रहेको बताइन्। उनले युवालाई सार्वजनिक निकाय र निर्णय प्रक्रियासँग जोड्ने अवसर विस्तार गर्नुपर्नेमा जोड दिइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement