जेठ १७, काठमाडौं। मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवायुवतीलक्षित ‘मोडल हन्ट नेपाल’ नामक मोडल प्रतिस्पर्धाको दोस्रो संस्करणको तयारी अगाडि बढेको छ । मोडलिङमा झुकाव राख्ने युवायुवतीलाई मोडलिङ सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरी यो क्षेत्रको व्यावसायिक दायरा फराकिलो पार्ने तथा यो क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्दै उनीहरुलाई यो क्षेत्रसँग सम्बद्ध अवसरहरु प्रदान गर्ने उद्देश्य अनुरुप मोडल हन्ट प्रतियोगिताको खाका कोरिएको हो । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अनुसार १६ देखि २८ वर्ष उमेर समूहका युवा–युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । प्रारम्भिक अडिसनबाट चयन भएका सहभागीहरूले र्याम्प मोडलिङ, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङजस्ता विषयमा दक्ष व्यक्तित्वहरूद्वारा प्रशिक्षण प्राप्त गर्नेछन् । प्रतियोगीताको फिनालेमा सहभागीहरूले चर्चित जर्मन फेसन डिजाइनर स्टेला म्यारिस हाफेलेद्वारा तयार पारिएका पहिरनमा र्याम्पमा उत्रनेछन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।
पुस २५, काठमाडौं।काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा...
असार २९,काठमाडौं । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो...
फागुन १०, काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले...
माघ २७, इटहरी । मिस नेपाल–२०२३ को देशव्यापी अडिसनको सुरुवात सुनसरीको इटहरीबाट हुने भएको छ ।...
माघ १९, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन...
मंसीर १२, काठमाडौँ। मिस सुनार २०२०ुको ताज सिसम रामदामले जितेकी छन् । प्रतीक इन्भेन्ट्सले...
कात्तिक १, काठमाडौं। बाङ्ग्लादेशको सरकारले राजधानी ढाकामा हुन लागेको एकजना बलिवुड अभिनेत्री...
भदौ १६, काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल...
साउन ३, काठमाडौं । हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा...