Advertisement
Advertisement
Advertisement
Advertisement

खुल्यो मिस नेपाल- २०२३ को आवेदन

  |      18:23:00   |  
web image
web image

माघ १९, काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ ।

 

यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन् । सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत छ । काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

 

पोखरामा मिस नेपालको रिक्रिएसनल कार्यक्रम आयोजना गरिने भएको छ । पहिलोपटक मिस नेपालले औपचारिक रुपमा काठमाडौंबाहिर यस्तो कार्यक्रम गर्न लागेको हो । ‘यसलाई हामीले निकट भविष्यमै उपत्यकाबाहिर ग्राण्ड फिनाले गर्न सकिने योजनाको रुपमा हेरेका छौं । सोहीअनुसार पोखरामा रिक्रिएसनल कार्यक्रम गर्न लागेका हौ,ं’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।

 

गत वर्ष झण्डै ७०० जनाले आवेदन दिएका थिए । यस वर्ष विभिन्न कार्यक्रममार्फत सहभागीको संख्या बढाउने हिडन ट्रेजरको योजना छ । पत्रकार सम्मेलनमा मिस नेपालको आधिकारिक मोबाइल एप समेत सार्वजनिक गरियो । सोही एपमार्फत इच्छुकले आवेदन दिन सक्नेछन् भने दर्शकले फिनालेको टिकट खरिद गर्न सक्नेछन् ।

 

पत्रकार सम्मेलनमा हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाललाई बृहत र समावेशी बनाउन प्रयत्न हुने बताए । सो अवसरमा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले अनुभव बाँडे । सरिशा र न्यान्सीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टबारे अनुभव सुनाए । मिस वर्ल्ड भने आगामी मेमा आयोजना हुँदैछ । कार्यक्रममा मिस नेपाल प्रियंकाले मिस वर्ल्डको ब्युटी विथ पर्पसको भिडियो टिजर प्रस्तुत गरिन् ।

 

यसपटक मिस नेपालको टाइटल स्पोन्सरमा डाबर बाटिका रहेको छ । मिडिया पार्टनरमा अनलाइनखबर डटकम समेत छ । पर्यटन बोर्डले समेत यसपटक पर्यटन पार्टनरको रुपमा सहकार्य गरेको छ । यसपटक पनि कोरियोग्राफरको रुपमा रचना गुरुङ शर्मा रहेकी छन् ।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement