फागुन, २८ काठमाडौ। समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।
स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।
प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले भने, ‘जानकारी आउनेवित्तिकै हामीले हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएका थियौं, तत्काल हेलिकोप्टर नपुग्दा उहाँको मृत्यु भएको बिहीबार दिउँसो जानकारी आयो ।’
सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ हुनुले पनि समयमै उद्धार नहुँदा शाहीलाई गुमाउनु परेको प्रजिअ शिवाकोटीको भनाइ छ ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...