Advertisement
Advertisement
Advertisement
Advertisement

महिला राष्ट्रिय क्रिकेट खेलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश

  |      00:00:00   |  
Web Image
Web Image

चैत १०, धनगढी । मुख्यमन्त्रीकप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार भएको खेलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ। आफ्नो समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो।

फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०७ रनको योगफल तयार पा¥यो। १०८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा छ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो।
मधेश प्रदेशका लागि एलिशा यादवले अविजित ३१ र साना प्रवीणले २१ रन बनाइन्। बलिङतर्फ गण्डकीकी कुसुमगोदरले दुई र ज्योत्स्नीका मरासिनी तथा आकृति तिवारीले समान एकरएक विकेट लिए।

त्यसअघि गण्डकीका लागि ज्योत्स्नीका मरासिनीले ३४ बलमा आठ चौकाको मद्दतले ४३ रनको पारी खेलिन्। उसका आङ्पेम्बलुम्बा शेर्पाले १७ रन बनाइन्। बलिङतर्फ मधेस प्रदेशकी प्रतिमा शाह, साना प्रविन र विमला मगरले समान दुईरदुई विकेट लिए। खेलको ‘प्लेयर अफ दी म्याच’ ज्योत्स्नीका मरासिनी चुनिइन्।

दोस्रो खेलमा सान्त्वना जीत निकालेको लुम्बिनी प्रदेशले कर्णाली प्रदेशको फाइनल यात्रामा अङ्कुश लगाइदिएको छ। यो खेल जितेको खण्डमा आफ्नो समूह चरणको एक खेलअगावै समूह विजेता बनेर कर्णाली प्रदेशलाई फाइनल प्रवेश गर्ने अवसर थियो।

तर लुम्बिनी प्रदेशसँग पाँच विकेटले पराजित भएको कर्णालीले अब बिहीबारको खेल कुर्नुपर्ने भएको छ। टस जितेर ब्याटिङ थालेको कर्णालीले १९।४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७२ रन बनायो।

७३ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको लुम्बिनीले १४।३ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। लुम्बिनीका लागि रञ्जु श्रेष्ठले २९ रनको योगदान दिइन्। बलिङतर्फ कर्णालीकी अञ्जली थापा र तिर्सना विश्वकर्माले समान दुईरदुई विकेट लिए। त्यसअघि कर्णालीका लागि किरणकुमारी कुँवरले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ लुम्बिनीलाई सान्त्वना जीत दिलाउन आष्मा पुलामीमगरले ४ ओभर बलिङ गर्दै एक मेडनसहित छ रन खर्चेर तीन महत्वपूर्ण विकेट लिइन्। उनी खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन्।

समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम र बागमती प्रतिस्पर्धा गर्नेछन्। एकरएक जीत मात्रै निकालेका यी दुई टोलीमध्ये विजेता टोलीले कर्णाली प्रदेशसँग अङ्क बराबरी गर्नेछन्। उक्त खेलपछि रन रेटका आधारमा गण्डकी प्रदेशसँग उपाधि भिडन्त गर्ने टोलीको टुंगो लाग्नेछ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सात प्रदेशका १९ वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement