Advertisement
Advertisement
Advertisement
Advertisement

महिला निर्देशकको द्वन्द्वप्रधान फिल्म ‘पीताम्बर’

  |      15:58:00   |  
महिला निर्देशकको द्वन्द्वप्रधान फिल्म ‘पीताम्बर’

चैत २० काठमाडौं । अभिनेता प्रदीप खड्काले फिल्म ‘पीताम्बर’ का लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो भूमिका निर्वाह गरेको बताएका छन्।

फिल्म ‘पीताम्बर’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे जानकारी दिँदै अभिनेता खड्काले आफूले भूमिका निर्वाह गरेको पात्रका लागि शारीरिक तौल घटबढसँगै आवश्यक तयारी गरेको बताए।

उनले भने, “निर्देशक, निर्मातासहितको निर्माण समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छु। यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित फिल्मका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ। एक महिला निर्देशकले द्वन्द्वप्रधान फिल्म बनाउँछु भनेपछि मैले आफ्नोतर्फबाट सक्दो मेहनत गरेको छु।”

उनले बिना सम्झौता फिल्म तयार भएको र सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिए।

प्रायः प्रेम कथानक फिल्ममा अभिनय गरेका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधामा तयार भएको फिल्ममा अभिनय गरेका हुन्। 

सो फिल्मकी निर्देशक कृषा चौलागाईंले महिला निर्देशक हुँदैमा विधागत रुपमा कमजोर ठान्नेलाई आफ्नो कामले जवाफ दिएको बताइन्।

“यति धेरै कलाकार र प्राविधिकलाई लिएर एउटी महिला निर्देशकले कसरी काम गर्न सक्छिन् भन्ने प्रश्न धेरैको थियो। त्यसैले मलाई काममा झनै लगनशील रहन र मेहनत गर्न प्रेरित गर्‍यो। फिल्म भव्य बनेको छ। यो सम्भव हुनुमा सम्पूर्ण कलाकारले ममाथि गर्नुभएको विश्वास र निर्माण समूहको सहयोग मुख्य कारण रहेको छ। मैले फिल्म राम्रो बनाउन कुनै सम्झौता गरेकी छैन। महिला भएकै कारण सामाजिक विधामा मात्र फिल्म बनाउन सक्छन भन्नेलाई मेरो कामले जवाफ दिएको छ”, उनले भनिन्।

सो फिल्ममा अभिनेता खड्कासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायतका कलाकारले अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेका उक्त फिल्ममा पुरुषोत्तम प्रधानले छायाङ्कन निर्देशक, प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्दे प्रसादले सम्पादन, आशीष अविरल र बाबुल गिरीले सङ्गीत सिर्जना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेको सो अवसरमा बताइयो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement