Advertisement
Advertisement
Advertisement
Advertisement

महिला लघुवित्तको १९.१२५ले घट्यो नाफा, ३९.८१५ले बढ्यो रिजर्भ

  |      11:18:00   |  
महिला लघुवित्तको १९.१२५ले घट्यो नाफा, ३९.८१५ले बढ्यो रिजर्भ

भदौ १,काठमाडौं ।महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म ७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.१२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १८.९३ प्रतिशतले घटेर १० करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा १३ करोड ३० लाख रुपैयाँ थियो।महिला लघुवित्तको १९.१२५ले घट्यो नाफा, ३९.८१५ले बढ्यो रिजर्भ
संस्थाको खुद ब्याज आम्दानी २९ करोड ९५ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा ५.७५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी २८ करोड ३२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ४.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.०४ प्रतिशत थियो। 

खराब कर्जा बढ्दा संस्थाले प्रोभिजनका रुपमा ४ करोड ६६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३ करोड २९ लाख रुपैयाँमात्र छुट्याएको थियो। 

समीक्षा अवधिमा खराब कर्जासँगै प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज बढ्नु र सञ्चालन मुनाफा घट्नुले महिला लघुवित्तको नाफा प्रभावित भएको हो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष २ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ३९.८१ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष १४ करोड ७७ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर २० करोड ६५ लाख रुपैयाँको उचाइमा पुगेको छ।
चुक्तापुँजी २१ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) घटेर ३४.७१ रुपैयाँ कायम भएको छ। 

अघिल्लो वर्ष ईपीएस ६३.३० रुपैयाँ थियो। पीई रेसियो ६०.५० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१२.६३ रुपैयाँ रहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement