Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाको सुरक्षित यात्राका लागि बंगलादेशमा ‘पिंक बस’ सेवा सुरु

  |      11:56:00   |  
web image
web image

भदौ ३ , काठमाडौं । बंगलादेशको राजधानी ढाकामा महिलाको सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिँदै ‘पिंक बस’ सेवा सञ्चालनमा ल्याइएको छ। महिलाका लागि मात्रै सञ्चालन गरिने यो सार्वजनिक यातायात सेवाको औपचारिक उद्घाटन मंगलबार गरिएको हो।
सडक यातायात, पुल, रेल तथा जल यातायात मन्त्री शेख रबिउल आलमले बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन (बीआरटीसी) को तेजगाउँ बस डिपोमा आयोजित कार्यक्रममा उक्त सेवाको उद्घाटन गरेका हुन्।
बीआरटीसीका अनुसार बुधबारदेखि ढाका, नारायणगञ्ज, गाजीपुर, बोगुरा र चट्टोग्रामका विभिन्न मार्गमा नियमित रूपमा बस सञ्चालन गरिनेछ।
यस योजनाअन्तर्गत सुरु गरिएका १४ वटा बसमध्ये १० वटा बस ढाका र आसपासका क्षेत्रमा सञ्चालन हुनेछन् भने बोगुरा र चट्टोग्राममा दुई–दुईवटा बस सञ्चालन गरिनेछ।
यस सेवाको विशेषता भनेको बसमा महिला चालक र महिला सहचालकको व्यवस्था गर्नु हो। सार्वजनिक यातायातमा महिलाले भोग्ने असुरक्षा, दुर्व्यवहार र असहजतालाई कम गर्ने उद्देश्यले यो योजना अघि सारिएको हो।
ढाकाका विभिन्न मार्गमा सञ्चालन हुने बसहरूले नयाँ बजार, गुलिस्तान, मोतिझिल, मिर्पुर, मोहम्मदपुर, कमलापुर, पल्टन र अब्दुल्लापुरलगायतका क्षेत्रलाई जोड्नेछन्।
सरकारले महिलाको सार्वजनिक यातायातमा पहुँच विस्तार गर्नुका साथै सुरक्षित यात्राको वातावरण सिर्जना गर्न यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
बंगलादेशमा महिलाको सुरक्षासम्बन्धी बहस बढिरहेका बेला सुरु गरिएको यो सेवालाई महिला–मैत्री सार्वजनिक यातायात प्रणालीको नयाँ अभ्यासका रूपमा हेरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement