पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने कोठामाबालिएको आगोले जलेर महिलाको मृत्यु भएको छ ।
७५ वर्षीया सोहनी थारु आगोले जलेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ आगोले जले लगत्तै उपचारका लागि बर्दिया अस्पताल हुँदै थप उपचारको लागि बाँकेको नेपालगञ्जको कान्ति आरोग्य अस्पताल पुर्याएको थियो । यहीँ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
बुधबार चिसोबाट बच्न बालिएको आगोले ब्लाङकेट सल्केपछि घाइते भएकी महिलाको बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । प्रहरीले यो घटना सम्बन्धि थप अनुसन्धान गरिरहेको छ ।