Advertisement
Advertisement
Advertisement
Advertisement

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू आज पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान

  |      17:00:00   |  
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू आज पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान

चैत १३,भारत । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सोमबार पश्चिम बङ्गालको दुई दिने भ्रमणका लागि प्रस्थान गर्ने भएकी छन् । देशको राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मूको यो पहिलो राज्य भ्रमण हुनेछ ।

 राष्ट्रपति मुर्मूले आफ्नो भ्रमणका क्रममा २७ मार्च (सोमबार) मा भारतीय नेताजी सुभाषचन्द्र बोसप्रति श्रद्धाञ्जलि अर्पण गर्न कलकत्तास्थित नेताजी भवन जाने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी जोरासांको ठाकुरबारीस्थित रवीन्द्रनाथ टैगोरको घरमा गएर टैगोरप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछिन् । राष्ट्रपति मुर्मू सोही साँझ कोलकाताको नेताजी इन्डोर रङ्गशालामा आफ्नो सम्मानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछिन् भने २८ मार्च (मंगलबार) मा राष्ट्रपति मुर्मूले बेलुर मठको भ्रमण गर्नेछिन् ।

उनी कलकत्ता यूको बैंकको ८० वर्ष पूरा भएको उत्सवमा गरिने एक कार्यक्रममा पनि सहभागी हुनेछिन् । त्यसपछि उनले शान्ति निकेतनको भ्रमण गर्नेछिन् जहाँ उनी विश्व भारतीको वार्षिक दीक्षान्त समारोहमा सहभागी हुनेछिन् ।  

यसअघि, मार्च १९ मा राष्ट्रपति मुर्मूले तमिलनाडुको कन्याकुमारी जिल्लामा रहेको विवेकानन्द रक स्मारकको भ्रमण गरेकी थिइन् । राष्ट्रपति मुर्मूले मार्च १६ देखि मार्च २१ सम्म केरला, तमिलनाडु र लक्षद्वीपको एक हप्ताको भ्रमण गरेकी थिइन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement