Advertisement
Advertisement
Advertisement
Advertisement

बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी सुन्दरकलाको गर्भ तुहियो

  |      11:52:00   |  
web imege
web imege

कार्तिक २१, काठमाडौं । गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीलाई बोक्सी आरोपमा कुटपिट  पछि घाइते  उनको  चार महिनाको गर्भ तुहिएको छ । १४ कात्तिकमा छिमेकीले बोक्सी आरोपमा सुन्दरकलासँगै उनकी सासू इतरिया देवी र परिवारका अन्य सदस्यलाई कुटपिट गरेका थिए । कुटपिट आरोप लागेका चारमध्ये दुईजना पक्राउ गरिएको छ 

उनलाइ गाह्रो भएपछि जनकपुर अस्पतालमा जाँच गराउँदा उनको गर्भमा समेत चोटपटक लागेको पाठेघरबाट पानी बग्न थालेपछि गर्भ तुहिएको पाइएको छ। त्यसअघि उनको गौशालास्थित प्राथमिक उपचार केन्द्रमा उपचार भएको थियो । रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि १९ कात्तिकमा जनकपुर लगिएकामा चिकित्सकले गर्भ तुहिएको बताएको उनका श्रीमान् देवेन्द्र महराले बताए । उनले भने, ‘गौशालामा श्रीमतीको अल्ट्रासाउन्ड जाँच गराउँदा चिकित्सकले औषधि दिएका थिए । तर, रक्तश्राव नरोकिएपछि जनकपुर लगेका थियौँ, गर्भको बच्चा बचाउन सकिएन । अहिले श्रीमतीलाई घर लिएर आएको छु ।’ सात वर्षअघि विवाह गरेका देवेन्द्रका चार र दुई वर्षका दुई छोरी छन् ।

दसैँको बिदाका कारण १७ कात्तिकमा छलफल डाकिएकोमा त्यसअघि नै १४ कात्तिकमा सन्तोष यादव, विनोद पासमान, चन्द्रशेखर यादव र केवल महतोलगायतले कुटपिट गरेका थिए । सन्तोष र विनोदलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको र फरार दुईजनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादवले जानकारी दिए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement