साउन ३१, काठमाडौं । डेल्धुराको परशुराम -१२ आमपानीमा १४ वर्षीया बालिकाको शव फेला परेको छ । मंगलबार घरबाट माछा मार्न खोला किनारमा निस्केकी अमृता राउटे मृत फेला परेकी छन्।
उनको शव आम्पानी नजिक रङ्गुन नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गङ्गा दत्त बडुले बताए । हामी घटना स्थलमा छौँ , शव परीक्षणका लागि अस्पताल लगिने तयारी भइरहेको छ,' प्रहरी निरीक्षक बडुले भने
उनको मृत्युको कारण खुल्न सकेको छैन ।शव पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लैजाने तयारी भइ रहेको प्रहरी निरीक्षक बडुले बताए । '