पुस ६,काठमाडौं । वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ ।
यो अवार्ड नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याएको भन्दै उनलाई प्रदान गरिएको हो । अवार्डसँगै उनलाई नगद रू। ३ लाख रूपैयाँ प्रदान गरिएको छ ।
शुक्रबार द सोल्टी आयोजित आइसिटी अवार्ड २०२३ मा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।
जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी सकेकी छिन् ।