Advertisement
Advertisement
Advertisement
Advertisement

नर्भिकले आमा र बच्चाकेन्द्रीत विशेषज्ञ सेवा सुरु गर्दै, वार्षिकोत्सवमा भयो घोषणा

  |      16:41:00   |  
नर्भिकले आमा र बच्चाकेन्द्रीत विशेषज्ञ सेवा सुरु गर्दै, वार्षिकोत्सवमा भयो घोषणा


वैशाख १०, काठमाडौं । काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । 

हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो । 

साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाण्डौको याक एण्ड यति होटलमा एक भव्य समारोहका बीच वार्षिकोत्सव विशेष समारोहको आयोजना गरियो । 
समारोहलाई सम्बोधन गर्दै नर्भिक अस्पतालका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी प्रकट गरे । 

‘नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछुः मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न सामथ्र्य नेपालको परिकल्पना र स्वस्थ जीवनका प्रणहरु साकार भएको छ । म देखिरहेको छु, मेरो पिताजीको स्वप्नबाटिका, जहाँ सुन्दर फूलहरु रोगमुक्त मुस्कान फिजाउँदै फूलिरहेका छन् । जहाँ रोगको प्रवेश बर्जित छ, रोगीहरु स्वस्थ हुने क्षणलाई नजिकबाट अनुभव गरिरहेका छन् ।’ चौधरीले भने–‘यस्तो स्वप्न बाटिकाको परिकल्पनाकार मेरा पुजनीय पिता स्व. लुनकरणदास चौधरी ज्यूको आज १०१ औं जन्मजयन्ती पनि हो । म यसै मञ्चबाट उहाँलाई हार्दिक स्मरण गर्दै शब्दसुमन अर्पण गर्न चाहन्छु ।’

उनले स्वास्थ्य विज्ञानमा जसरी नयाँ नयाँ सम्भावनाहरु प्रतिनिदिन थपिदैछन्, त्यसरी नै स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको चुनौति पनि बढिरहेको उल्लेख गर्दै भने–‘हामीले आफ्ना योजनाहरुलाई दृष्टिगत गर्दा विश्वभर भइरहेको उपचार पद्धतिको द्रूत विकाससँगै आफूलाई साथ साथै लैजानुपर्ने आजको आवश्यकता रहेको छ । त्यसैले हाम्रा जिम्मेवारीहरु विशाल छन्, गहन छन् । ती जिम्मेवारीहरुलाई आत्मासाथ गर्दै, हामी राष्ट्रलाई समन्नुत चिकित्सा प्रणाली प्रदान गर्ने प्रण गर्दर्छौ । मानवीय सेवालाई व्यापकता दिन कटिबद्ध छौं र रहनेछौं।’ 

सेवा बिस्तारका नयाँ नयाँ चुनौतिसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता पर्ने उल्लेख गर्दै आफूले जीवनको आधा समय खर्चिएर यहाँसम्म ल्याएको नर्भिक हाँक्ने जिम्मेवारी अब आफ्नी पुत्री मेघा चौधरीको काँधमा आएको र उनले पनि नयाँ जोस र जाँगरका साथ नर्भिकलाई थप उचाई प्रदान गर्ने आशा व्यक्त गरे । 

समारोहमा बोल्दै हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र बिस्तार गर्दै अगाडि बढ्ने प्रण गरिन् । ‘हामीसँग थुप्रै महत्वकांक्षी भिजनहरु छन् । नयाँ २०० शैया को स्टेट अफ दि आर्ट फ्यासिलिटीसहितको अत्याधुनिक भवन निर्माण सुरु भइसकेको छ । अब हामीले निकट भविष्यमै आमा र बच्चासँग सम्बन्धित विशेषज्ञ सेवा समेत बिस्तार गर्नेछौं ।’ उनले थपिन् । 
उनले प्रविधिमा पनि लगानी बढाउँदै जाने र निकट भविष्यमै वल्र्डकै बेस्ट सेन्टरसँग टेलिमेडिसिन फ्यासिलिटीका लागि नर्भिक जोडिने उद्घोष समेत गरिन् । उनले ३० वर्षको उपलब्धिको रक्षा गर्दै नर्भिकलाई अझ माथि पुर्याउने प्रण समेत गरेकी थिइन् ।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement