Advertisement
Advertisement
Advertisement
Advertisement

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

  |      17:44:00   |  
web imege
web imege

असार २५, काठमाडौं ।जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् ।
 

घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाहको मिति तोके । निर्धारित समय अनुसार विवाहको दिन बेहुला जन्ती लिएर युवतीको घर गए । 
 

जन्तीको स्वागत सुरु भएदेखि नै केही गडबडी महसुस गरियो । सबै कार्यक्रम राम्रै चलिरहेको थियो तर अचानक दुलहीकी आमा डिजेको गीतमा नाच्न सुरु गरिन् । 
 

दुलहीकी आमाको फरक शैली देखेर जन्ती दङ्गयति बेला दुलहाको नजर आफ्नी सासूमाथि पर्दा उनलाई असहज महसुस भयो । तर दुलहीकी आमालाई केही कुरा परवाह थिएन । उनले डिजेको गीतमा नाच्दै चुरोट पिउँदै हावामा धुवाँ उडाउन थालिन् । यो दृश्य त झन् दुलहाले हेर्ने सकेनन् । त्यसपछि उनले मान–मर्यादाको सीमा नाघेको भन्दै दुलहीसँग सात फेरा लिन अस्वीकार गरे ।
दुलहालाई फकाइयो तर मानेनन्

दुलहाको निर्णय सुनेर दुलही पक्ष स्तब्ध भए । उनीहरुले दुलहा र उनको परिवारलाई फकाउन सुरु गरे । तर दुलहाले सासूको व्यवहार देखेर विवाह नगर्ने निर्णय लिइसकेका थिए । अन्ततः जन्ती दुलही नलिईकनै फर्कियो ।

दुलहाका बुवाले भने, ‘दुलहीकी आमाले रक्सी पिएकी थिइन्’
यो विषयमा दुलहीका बुवाले एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् । उनले भने, ‘विवाहको दिन डिजेमा नाच चलिरहेको थियो र दुलहीकी आमाले रक्सी पिएकी थिइन् । हामीले केटीलाई हेरेर नै विवाह निश्चित गरेका थियौँ । दुवैतिरको व्यवस्था मिलाउनुपर्छ भनेर दुलही पक्षको खर्च पनि हामीले उठाएका थियौँ । जन्ती ढोकामा आइपुग्दा, दुलहीकी आमाले आरतीको थालीसमेत समात्न सकिरहेकी थिइनन् । छोराको विवाह हुन नसक्नुमा ती केटी र उनकी आमा नै हुन् ।’

दुलहीले फ्लाइङ किस दिइरहेकी थिइन् :दुलहाका भाइ
यस्तै, दुलहाका भाइका अनुसार जन्ती घर पुग्दा दुलहीकी आमा बारम्बार डान्स गरिरहेकी थिइन् । उनी नशाले लट्ठिएकी थिइन् । यस्तै, जब दुलही स्टेजमा आइन् तब उनले सबैलाई हात मिलाएर फ्लाइङ किस दिइरहेकी थिइन् । यस्तो व्यवहार देखेर नै दाइले विवाह गर्न नमानेको उनको ठहर छ । 
एजेन्सि

 

 


 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement