Advertisement
Advertisement
Advertisement
Advertisement

दुना टपरी उद्योगले मधुवनका महिलालाई घरमै रोजगारी

  |      15:11:00   |  
web image
web image

भदौ ५ , काठमाडौं । बर्दियाको मधुवनमा सञ्चालनमा आएको ग्रामीण महिला दुना टपरी उद्योगले स्थानीय महिलालाई घरमै काम गर्ने अवसरसँगै आम्दानीको स्रोत दिएको छ। घरायसी जिम्मेवारीका कारण बाहिर गएर काम गर्न नसक्ने महिलाले उद्योगबाट पात र अन्य सामग्री लगेर घरमै दुना टपरी बनाएर बिक्री गर्ने गरेका छन्।
मधुवन नगरपालिका–५ की हरि गाहाले फुर्सदको समयमा दुना टपरी बनाएर आम्दानी गर्दै आएकी छन्। उनका अनुसार लाफाको प्रतिगोटा ३ रुपैयाँ, दुनाको आकारअनुसार २५ पैसादेखि १ रुपैयाँ र बाँसका सिन्काको प्रतिमुठा २५ रुपैयाँ पाउने गरिएको छ। ‘बुढेसकालमा समय पनि कटेको छ, पैसा पनि पाएकी छु,’ उनले भनिन्।
मधुवन–६ की कौशिला आचार्यले पनि घरायसी काम सकेपछि दुना टपरी बनाएर महिनामा करिब ६ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्।
उद्योगकी अध्यक्ष कमला सुनारका अनुसार उद्योगमा नियमित आउन नसक्ने महिलालाई घरमै काम गर्ने सुविधा दिइएको छ। उद्योगले आवश्यक सामग्री उपलब्ध गराउने र तयार सामग्री घरबाटै संकलन गर्ने गरेको छ।
हाल १० जना महिलाले उद्योगमा काम गरिरहेका छन् भने माग बढेपछि थप १८ जनालाई तालिम दिइएको छ। अब २८ जना महिला हाते तथा मेसिनबाट दुना टपरी उत्पादनमा जोडिएका छन्।
उद्योगले सामुदायिक वनबाट सालका पात प्रतिकिलो २५ रुपैयाँ र बाँसका सिन्का प्रतिमुठा २५ रुपैयाँमा खरिद गर्दै आएको छ। पात संकलन र सिन्का तयार गर्ने काममा पुरुषहरू पनि सहभागी छन्।
गत वर्ष असोजदेखि उत्पादन सुरु गरेको उद्योगले हालसम्म ४० हजार रुपैयाँभन्दा बढीको दुना टपरी बिक्री गरिसकेको सचिव ओमा घर्तीले बताइन्। पूजाआजा तथा धार्मिक कार्यक्रममा प्रयोग हुने हाते दुना टपरीको माग बढेपछि उत्पादन विस्तार गरिएको उनको भनाइ छ।
सम्बर्धन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित उद्योगले स्थानीय स्रोतको उपयोग गर्दै महिलालाई घरमै रोजगारी र आर्थिक आत्मनिर्भरताको अवसर प्रदान गरेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement