Advertisement
Advertisement
Advertisement
Advertisement

दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने

  |      16:57:00   |  
web image
web image

फागुन १९, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले विजेतालाई ओस्कार अवार्ड हस्तान्तरण गर्ने भएकी छन् । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले ‘प्रेजेन्टरको’ रुपमा पादुकोणको नाम घोषणा गरेको छ । इन्स्टाग्राममार्फत दीपिकाले आफूसहितका सम्पूर्ण ‘प्रेजेन्टर’को नाम सार्वजनिक गरेकी छन् ।

 

यो सूचीमा ड्वेन जोन्सन, माइकल बी जोर्डन, रिज अहमद, एमिली ब्लन्ट, ग्लेन क्लोज, ट्रोय कोट्सर, ड्वेन जोन्सन, जेनिफर कोनेली, स्यामुएल एल ज्याक्सन, मेलिसा म्याकार्थी, जो साल्दाना, डोनी येन, जोनाथन मेजर्स, जेनेल मोना, एरियाना डेबोस पनि छन् । दीपिकाले ओस्कार ह्यासट्याग प्रयोग गर्दै पोस्ट सेयर गरेकी छन् ।


उनको उक्त पोस्टमा बलिउड अभिनेता तथा पति रणवीर सिंह, अभिनेत्री नेहा धुपिया र बहिनी अनिषा पादुकोणले प्रतिक्रिया जनाएका छन् । फ्यानहरूले पनि दीपिकालाई माया र प्रशंसाको वर्षा गरेका छन् । एक प्रयोगकर्ताले टिप्पणी गरेका छन्, ‘दीपिका पादुकोणजस्तो कसैले पनि गर्दैन ।’ अर्का एक प्रयोगकर्ताले भविष्यमा दीपिकाले ओस्कार जित्ने मार्गप्रशस्त गरेको बताएका छन् । ‘भारतीय अभिनेत्रीहरू जित्दै छन्,’ अर्का फ्यानले भने ।

 

९५ औं एकेडेमी अवार्ड मार्च १२ ९नेपालमा मार्च १३०मा लस एन्जलसको डली थिएटरमा आयोजना हुँदैछ । यस वर्ष भारतबाट तीन फिल्महरु ओस्कारमा प्रतिस्पर्धा गर्दैछन् । यस वर्षको सुरुमा सोही विधामा गोल्डेन ग्लोब अवार्ड जितेपछि आरआरआरको गीत ‘नाटु नाटु’ उत्कृष्ट मौलिक गीतको सर्टलिस्टमा छ । शौनक सेनको ‘अल द्याट ब्रीद्स’ उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म र गुनित मोंगाको ‘द एलिफ्यान्ट व्हिस्परर्स’ उत्कृष्ट वृत्तचित्र सर्टका लागि मनोनयनमा परेका छन् ।

 

फ्यानले पछिल्लो पटक दीपिकालाई पठानमा देखे जसले दुई हप्तामा भारतमा ५०० करोड भारुभन्दा धेरै कमाइ गरेको छ । यसले विश्वव्यापी बक्स अफिसमा यसअघि नै हजार करोड भारुभन्दा धेरै कमाइ गरेको छ । फिल्ममा शाहरुख खान, जोन अब्राहम, डिम्पल कपाडिया, आशुतोष राणालगायत कलाकारको अभिनय थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement