Advertisement
Advertisement
Advertisement
Advertisement

तोसिमा कार्की र नो नट अगेनसम्बन्धी रिट न्यायाधीश चुडालको इजलासमा

  |      12:26:00   |  
web image
web image

कात्तिक १५, काठमाडौं। लाभको पदमा रहेको ठहर गर्दै उम्मेदवारी खारेज गरिदिएको तोसिमा कार्की र नो नट अगेनमाथि प्रतिबन्धका सम्बन्धमा परको रिट न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा परेको छ । 


मेडिकल काउन्सिलको सदस्य भई बैठक भत्ता बुझेकै आधारमा त्यसलाई लाभको पद मान्दै उम्मेदवार हुन अयोग्य हुने निर्वाचन आयोगले निर्णय गरेपछि ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा. तोसिमा कार्की सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको र त्यहाँबाट नियमित तलब तथा भत्ता नबुझेको कारण आफ्नो उम्मेदवारी कायम रहनुपर्ने माग गर्दै तोसिमा अदालत गएकी थिइन् । उनको रिटमाथि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने सम्बन्धमा मंगलबार सुनुवाइ हुने छ । 

सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिई छलफलका लागि बोलाएमा उनको उम्मेदवारी तत्कालका लागि कायम नै रहनेछ र दुई न्यायाधीशको संयुक्त इजलासमा दुवै पक्षको कुरा सुनेपछि अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने विषयमा निर्णय हुनेछ । तर मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेमा उनको उम्मेदवारी निष्क्रिय हुनेछ ।

त्यसैगरी नो नट अगेन लगायतका फेसबुक पेजमाथि प्रतिबन्ध लगाउने वा पेज बन्द नगरे कारवाही गर्ने निर्वाचन आयोगको चेतावानीविरुद्ध परेको रिट पनि न्यायाधीश डा. कुमार चुडालकै इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा पनि मंगलबार सुनुवाइ हुनेछ । उनीहरुले निर्वाचन आयोगको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न र वाक स्वतन्त्रताको रक्षा गर्न परमादेशको माग समेत गरेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement