Advertisement
Advertisement
Advertisement
Advertisement

ट्विशा शर्मा प्रकरणमा सीबीआईको निष्कर्ष: मानसिक यातनाले आत्महत्या

  |      11:12:00   |  
web image
web image

भदौ ३ , काठमाडौं । भारतीय मोडल तथा अभिनेत्री ट्विशा शर्मा मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले घटनासम्बन्धी अनुसन्धान पूरा गर्दै उनका पति समर्थ सिंह र सासू गिरिबाला सिंहविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको छ।
गत मे १२ मा मध्यप्रदेशको भोपालस्थित निवासमा ३३ वर्षीया ट्विशा मृत अवस्थामा फेला परेकी थिइन्। विवाह भएको पाँच महिनामै भएको उनको मृत्युले देशभर व्यापक चर्चा पाएको थियो।
सीबीआईले अदालतमा पेस गरेको ६०० पृष्ठको आरोपपत्रमा निरन्तर मानसिक यातनाका कारण ट्विशा आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ। अनुसन्धानका क्रममा पति समर्थ सिंहले विवाहपछि पटक–पटक मानसिक दबाब दिएको र अपमानजनक व्यवहार गरेको निष्कर्ष निकालिएको छ।
आरोपपत्रमा समर्थकी आमा तथा पूर्वन्यायाधीश गिरिबाला सिंहले पनि बुहारीमाथि मानसिक दबाब सिर्जना गर्न छोरालाई उक्साउने गरेको उल्लेख गरिएको छ। यही आधारमा दुवैविरुद्ध आत्महत्या दुरुत्साहन र मानसिक क्रुरतासम्बन्धी मुद्दा दायर गरिएको हो। हाल आमा–छोरा दुवै हिरासतमा छन्।
यता, ट्विशाका परिवारले भने घटनालाई आत्महत्या नभई दाइजोसँग जोडिएको हत्या भएको दाबी गर्दै आएका छन्। परिवारका अनुसार ट्विशा गर्भवती भएपछि घरमा विवाद चर्किएको थियो।
माइती पक्षले पति र सासूले ट्विशाको चरित्रमाथि शंका गरेको, गर्भमा रहेको शिशुबारे प्रश्न उठाएको तथा उनलाई जबर्जस्ती गर्भपतन गराउन दबाब दिएको आरोप लगाएका छन्।
यद्यपि, गिरिबाला सिंहले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेकी छन्। उनका कानुनी प्रतिनिधिले अनुसन्धानका क्रममा दाइजो उत्पीडन वा हत्यासँग सम्बन्धित कुनै प्रमाण फेला नपरेको दाबी गरेका छन्।
ट्विशाका परिवारका कानुनी प्रतिनिधिले सीबीआईले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरेकाले अनुसन्धानले घटनालाई आत्महत्याका रूपमा व्याख्या गरेको स्पष्ट भएको बताएका छन्। साथै, नयाँ प्रमाण फेला परेमा थप व्यक्तिमाथि पनि अनुसन्धानको दायरा विस्तार गर्न सकिने सीबीआईले जनाएको छ।
सन् २०१२ मा 'मिस पुणेु' को उपाधि जितेकी ट्विशा शर्मा विज्ञापन, तेलुगु चलचित्र तथा निजी क्षेत्रको मार्केटिङ व्यवसायमा सक्रिय थिइन्। डेटिङ एपमार्फत समर्थ सिंहसँग परिचित भएपछि उनीहरूले विवाह गरेका थिए। तर, विवाह भएको पाँच महिनामै उनको असामयिक मृत्यु भएपछि यो घटना भारतमा महिला हिंसा, मानसिक उत्पीडन र वैवाहिक सम्बन्धभित्र हुने दुर्व्यवहारबारे बहसको विषय बनेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement